Shikhar Insurance
National Life

व्यवसायीहरुले गुणस्तरीय काम नगर्दा जिल्लामा विकास योजना लैजाने वातावरण छैन : सांसद तामाङ

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २७, आईतवार १३:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका सांसद पूर्णबहादुर तामाङले निर्माण व्यवसायीहरुले गुणस्तरिय काम गर्न छाडेको बताए । शनिबार निर्माण व्यवसायी महासंघ अन्तर्गतको एशोसिएट सदस्य समन्वय समितिको १२औं साधारण सभामा बोल्दै सांसद तामाङले यस्तो बताएका हुन् ।

उनले निर्माण व्यवसायीहरुले गुणस्तरीय काम दिन नसक्दा जिल्लामा विकास निर्माणका काम लिएर जाने वातावरण नभएको उल्लेख गरे । उनले जिल्लामा सडक निर्माण लगायत अन्य विकास निर्माणका काम दिएपनि निर्माण व्यवसायीहरुले गुणस्तरीय काम दिन छाडेको भन्दै निर्माण व्यवसायीहरुलाई गुणस्तरीय काम दिन आग्रह गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सांसद तामाङले गत वर्ष जिल्लामा ५० लाखको बजेट लैजाँदा सडक निर्माणको लागि निर्माण व्यवसायीले ३२, २८ हुँदै २२ लाखमा बेचेर कम गुणस्तरको काम गरेको जानकारी दिए । उनले निर्माण व्यवसायीहरुले विकास निर्माणको काम टेण्डर अनुसार गुणस्तरीय दिन आवश्यक रहेको बताए ।

उनले ठेक्का पाएपछि टेण्डर अनुसार काम गर्दा मात्रै निर्माण व्यवसायीहरुको छवि राम्रो हुने उल्लेख गरे । सांसद तामाङले सडक पिच गर्दा ८ बोरा सिमेन्टको प्रयोग हुनुपर्नेमा ३ बोरामा काम गरिरहेको समेत पाएको बताए । उनले अर्को तिर विकास निर्माणको काममा कर्मचारीहरुले निर्माण व्यवसायीहरुलाई धेरै दुःख दिएको भन्दै देशमा सचिवदेखि मुख्य सचिवसम्मका कर्मचारीहरु करारमा राख्न आवश्यक भएको उल्लेख गरे ।

aउनले नेपाली काँग्रेसको सरकार हुँदा डा.प्रकाशशरण महत अर्थमन्त्री बनाउन ज्यान दिएर लागे पनि अर्थमन्त्री भएर रामेछापलाई एक रुपैयाँ पनि बजेट नदिएको गुनासो गरे । उनले अहिले धेरै व्यवसायी साथीहरुको हालत पातलो भएको भन्दै निर्माण व्यवसाय क्षेत्रबाट सांसद भएकाहरुले निर्माण व्यवसायीहरुको पक्षमा राम्रो काम गर्न नसकेको बताए । उनले महिनामा १० करोड बढी राज्यबाट तलवभत्ता खाने सांसदहरुले अहिलेसम्म संसदको एउटा अधिवेशनमा एउटा विधेयकसमेत पास गर्न नसकेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्