काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले ५७औं वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनस सेयर सेयरधनीहरूको डिम्याट खातामा जम्मा गरेको छ । चैत्र ८ गतेसम्म सेयर अभौतिकीकरण गरेका सेयरधनीको डिम्याट खातामा बोनस सेयर कम्पनीले जम्मा गरेको हो ।
सो मिति पश्चात् सेयर अभौतिकीकरण गराएका सेयरधनीहरूको पनि क्रमशः डिम्याट खातामा बोनस सेयर जम्मा गराइने कम्पनीले एक सूचना मार्फत जानकारी गरेको छ । हालसम्म पनि सेयर अभौतिकीकरण नगराएका सेयरधनीहरूलाई भने कम्पनीले सेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ ।
कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचीकृत तथा दर्ता भई अभौतिक रूपमा कारोबार हुने व्यवस्था भईसकेको छ ।
साथै, कम्पनीको विभिन्न साधारण सभाबाट पारित भएको लिन बाँकी बोनस सेयर र नगद लाभांश कम्पनीको सेयर रजिष्ट्रार एनआईएमबि एस क्यापिटल वा कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गरी लिन आउन समेत एक सूचना मार्फत आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्