काठमाडौं । साताको पहिलो काराेबार दिन सुनको मूल्य घटेको छ । अघिल्लो दिन(शुक्रबार) रेकर्ड कायम राखेको सुनको मूल्य आइतबार ४ हजार रुपैयाँले घटेको हो ।
आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य १ लाख ४५ हजार रुपैयाँ रहेको थियो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ३०० रुपैयाँ रहेको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ४४ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, आइतबार चाँदी प्रतितोला १ हजार ८२५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार ९०० रुपैयाँ रहेको थियो । आज चाँदी ७५ रुपैयाँले घटेको हो ।
प्रतिक्रिया दिनुहोस्