Shikhar Insurance
National Life

नेपाल लाइफ क्यापिटलले ल्यायो ५० प्रतिशत हकप्रद सेयर

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २७, आईतवार १०:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल लाइफ क्यापिटलले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको गत पुस २४ गते सम्पन्न साधारण सभाबाट पारित भएको करिब १५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीले १ः ०.५ अनुपातमा २९ करोड ९९ लाख ३ हजार ६०० रुपैयाँको १४ लाख ९९ हजार ५ सय १८ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । उक्त सेयरको न्युनतम खरिद मूल्य १ सय रुपैयाँ तोकिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेयर खरिदको लागि जेठ २५ गतेदेखि कायम सेयरधनीहरुले असार ११ गतेदेखि असार २५ गतेसम्म कम्पनीको कारोबार कार्यालय कमलपोखरी काठमाडौंमा आवेदन पेश गर्ने सक्नेछन् ।

साथै, तोकिएको समयभित्र आवेदन नपरेमा कम्पनीको सेयर बेचबिखन, पुनः बाँडफाँट वा अन्य किसिमले वितरण गरिने पनि कम्पनीले एक सूचनामार्फत जानकारी गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्