Shikhar Insurance
National Life

पाँचथर पावर कम्पनीको साधारण सभा आज बस्दै

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २७, आईतवार ०९:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले ८औं साधारण सभा आज बस्दैछ । सभा आज (जेठ २७ गते) होटल इम्पेरियल बत्तीसपुतली, काठमाडौंमा बिहान ११ बजेदेखि बस्ने भएको हो ।

कम्पनीले यो वर्ष सेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको छ । सभामा एक्सेल इन्भेष्टमेन्ट र मेगा भेन्चरलाई गाभ्ने प्रस्ताव पारित गर्नेछ । सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल रआर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभा प्रयोजनका लागि कम्पनीले जेठ १७ गते एक दिन बुक क्लोज गरी सकेको छ । जसअनुसार जेठ १८ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउँनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्