Shikhar Insurance
National Life

शिक्षा, लगानी नीति बदल्न नसक्दा बेरोजगारी बढ्यो : मुख्यमन्त्री कँडेल

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २५, शुक्रबार १९:०८
Hyundai
NCELL
NIMB

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले शिक्षा प्रणाली र लगानी नीतिमा सुधार ल्याउन नसक्दा देशले बेरोजगारीको सामना गर्नु परेको बताएका छन् । आज वीरेन्द्रनगरमा आयोजित रोजगार मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले मुलुकभित्रै प्रचुर सम्भावना हुँदाहुँदै पनि नेपालले बेरोजगारीको सामना गर्नु परेको बताएका हुन् ।

“युवा शक्तिलाई मुलुकभित्र टिकाई राख्न शिक्षा प्रणाली र लगानीमा नीति सुधार ल्याउनुपर्ने आवश्यकता छ,” मुख्यमन्त्री कँडेलले भने । सोही बमोजिम कर्णाली सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा रोजगारी र उद्यमशीलताका योजना अघि सारेको उनको जानकारी दिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेलाले आन्तरिक रोजगारी प्रवर्द्धनको आधार तयार पार्ने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दुर्गबहादुर रावतले नेपाली नागरिकसँग परम्परागत सीप भए पनि त्यसले मान्यता नपाउँदा नेपाली श्रमिकको सीपको मूल्याङ्कन नभएको धारणा राखे । “नेपाली युवासँग डोको, राडी, पाखी बुन्ने सीप छ, यो सीप इन्जिनियरको भन्दा कम छैन, तर यो सीपले प्रमाणपत्र पाउन सकेको छैन, जसका कारण सीप भएका युवाको पहिचान र मूल्याङ्कन हुन सकेको छैन,” उनले बताए ।

आइतबारसम्म सञ्चालन हुने मेलामा सरकारी तथा निजी क्षेत्रका गरी ४० वटा स्टल राखिएका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्