Shikhar Insurance
National Life

अध्यक्ष ओली भन्छन्-‘पार्टीका काममा महिलाको सहभागिता बढाउन जरुरी छ’

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २५, शुक्रबार १९:०४
Hyundai
NCELL
NIMB

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको काममा महिलाको सहभागिता बढाउनुपर्नेमा जोड दिएका छन् । उनले एमाले चितवनको नवनिर्वाचित समितिको सपथग्रहण समारोहका अवसरमा पार्टी कामलाई पनि महिलाहरुको बीचमा लैजान निर्देशन दिएका हुन् ।

उनले भने,“महिलाहरुले जिम्मेवारी लिएको ठाउँमा पुरुषको तुलनामा भ्रष्टाचार कम भएको पाइएको छ ।” फरक प्रसंगमा उनले भगवान रामको जन्मभूमि माडीको अयोध्यापुरी नै भएको दाबी गरे । उनले भने,“पौराणीक मान्यता र शास्त्रहरुमा राम माडीमा नै जन्मिएको स्पष्ट छ । धेरै सूचकले यही कुरा देखाउँछ ।”माडीमा राम मन्दिर बन्ने बताउँदै उनले धार्मिक पर्यटक भित्र्याएर माडीलाई मडी बढाउन सकिने बताए । माडी जाने निकुञ्जको बाटो कालोपत्रे हुनुपर्ने भन्दै उनले जङ्गलमा पनि कालोपत्रे गर्न मिल्ने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एमालेले मिसन-२०८४ भन्दै आएको चर्चा गर्दै अध्यक्ष ओलीले चितवनका सात वटै पालिका र सबै वडा जित्ने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिए । उनले भने,“चितवन बनाउने हो भने एमालेलाई जिताउनु पर्छ । वडादेखि पालिका सबै एमालेले जित्नुपर्छ ।” पार्टीलाई एकताबद्ध, एकजुट र सक्रिय बनाउन निर्देशन दिँदै उनले भने,“आन्तरिक सङ्घर्ष होइन, आन्तरिक छलफलबाट पार्टीलाई एकजुट बनाएर अघि बढ्नुपर्छ ।”

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य काशिनाथ अधिकारी, गुरु बराल, चितवन जिल्ला इञ्चार्ज पार्वत गुरुङ, नवनिर्वाचित अध्यक्ष कमल पाठक, निवर्तमान अध्यक्ष रामप्रसाद न्यौपाने लगायतले धारणा राखेका थिए । एमाले चितवनको जिल्ला अधिवेशन यही जेठ १६ गते सम्पन्न भएको थियो । नवनिर्वाचित समितिले आजै सपथग्रहण गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्