Shikhar Insurance
National Life

महिला फुटबल सङ्घको पहलमा क्यान्सरपीडित गुरुङलाई १ लाख सहयोग

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २५, शुक्रबार १८:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल महिला फुटबल सङ्घको पहलमा क्यान्सरपीडित पूर्वफुटबल खेलाडी गङ्गा गुरुङलाई स्वास्थ्य उपचारका लागि आज आर्थिक सहयोग प्रदान गरिएको छ ।

महिला फुटबल सङ्घका पदाधिकारी, खेल पत्रकार, शिक्षक र विदेशमा रहेका नेपालीबाट सङ्कलित १ लाख पाँच हजार जमुना गुरुङलाई हस्तान्तरण गरिएको महिला फुटबल सङ्घकी महासचिव विना श्रेष्ठले जानकारी दिएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालबाट पहिलो गोल गर्ने पूर्वकप्तान तथा महिला फुटबल सङ्घकी अध्यक्ष पेम्बा डोल्मा लामाले हस्तान्तरण गर्दै गङ्गाको शीघ्र स्वास्थ्यलाभको कामना गरे । सो अवसरमा फुटबलकी मुख्य प्रशिक्षक अरुणा गुरुङ, नेपालबाट छनोट चरण पार गरी ओलम्पिक खेल्ने पहिलो खेलाडी तेक्वान्दोकी स९ङ्गीना वैद्य, पूर्वकप्तानद्वय जमुना गुरुङ र चन्द्रा भण्डारीको उपस्थिति रहेको थियो ।

गंगाले भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी अस्पतालमा उपचार गराइरहेका छन् ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्