Shikhar Insurance
National Life

अर्थतन्त्र र जलवायु कार्यमा युवा नेतृत्वलाई अन्वेषण गर्न ब्रिटिश काउन्सिलद्वारा कार्यक्रम आयोजना

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २५, शुक्रबार १८:०७
Hyundai
NCELL
NIMB

ब्रिटिश काउन्सिलले ‘युथ एण्ड क्लाइमेट-२०२४’ ‘टुवर्ड्स क्रिएटिभ ग्रीन इकोनोमी एन्ड क्लाइमेट एक्शन’ इभेन्ट सुरु गरेको छ । ब्रिटिश काउन्सिलले हरित अर्थतन्त्र र जलवायु कार्यमा युवा नेतृत्वको अन्तरसम्बन्ध अन्वेषण गर्न र विविध पृष्ठभूमिका सरोकारवालाहरूलाई एकसाथमा ल्याउन इभेन्ट सुरु गरेको हो ।

कार्यक्रम असार १० गतेसम्म चल्ने ब्रिटिश काउन्सिलले जनाएको छ । विभिन्न गतिविधिहरु मार्फत सहभागीहरुले जलवायु परिवर्तन सम्बन्धी चुनौति र अवसरहरुको बारेमा छलफल गर्न वार्तालापमा संलग्न भएका थिए । कार्यक्रमले युवाहरूले कसरी नवप्रवर्तन, वकालत र कार्यको माध्यमबाट जलवायु आपतकालमा प्रतिक्रिया दिन सक्छन् भन्ने कुरा साझा गर्न प्लेटफर्म प्रदान गरेको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपालका लागि बेलायती राजदूत एचई रोब फेनले कार्यक्रममा भने,’युवा र जलवायु परिवर्तन बेलायत र नेपालबीचको सम्बन्धलाई ताजा बनाउनका लागि उत्कृष्ट दुई शब्द हुन् । यो दुई देशका युवाहरूले सामना गर्ने साझा समस्या भएकाले हामी दुवै देशका युवाहरूलाई सँगै ल्याउन सक्ने क्षेत्र हो ।’ कार्यक्रममा बोल्दै ब्रिटिस काउन्सिलको दक्षिण एसियाका क्षेत्रीय निर्देशक हेलेन सिल्भेस्टरले भने,’आज हामी क्रिएटिभ हरित अर्थतन्त्रको क्षेत्र र जलवायु कार्यमा युवा नेतृत्वको निर्णायक भूमिकाको खोजी गर्न एकसाथ आउँदैछौँ । रचनात्मकता र नवप्रवर्तन दिगो विकासका लागि शक्तिशाली उत्प्रेरक हुन्।’

स्टोरी साइकलका स्थानीय साझेदार सौरभ ढकालले भने,’सृजनात्मक हरित अर्थतन्त्रतर्फ काम गरिरहेका हामीमध्येका लागि यो सिम्पोजियम एउटा सफलता हो । ग्रीन इकोनोमी केही समयको लागि कुराकानीको एक हिस्सा भएको छ। तर, क्रिएटिभ हरित अर्थतन्त्र, हामीले प्रयोग गर्दै आएका र मूलधारमा ल्याउने प्रयास गरिरहेका अवधारणालाई सार्वजनिक नीतिमा काम गर्नेहरू जस्ता महत्त्वपूर्ण सरोकारवालाहरूले गोष्ठीमा अनुमोदन गरेको जस्तो लाग्यो।’

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्