Shikhar Insurance
National Life

साढे ७ अर्ब बढी बक्यौता बुझाउन युटिएललाई प्राधिकरणको अल्टिमेटम

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २५, शुक्रबार १६:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड(युटिएल)लाई अनुमतिपत्र नवीकरण दस्तुर बापतको रकम बुझाउन आग्रह गरेको छ । प्राधिकरणले आज(शुक्रबार) एक सूचना जारी गर्दै युनाइटेड टेलिकमले नेपाल सरकार तथा प्राधिकरणलाई तिर्न बाँकी रहेको ७ अर्ब ४२ करोड ९३ लाख ९१ हजार ३३९ रुपैयाँ बक्यौता बुझाउन आग्रह गरेको हो ।

प्राधिकराण्ले अनुमतिपत्र नवीकरण दस्तुर बापतको किस्ता रकमसँगै फ्रिक्वेन्सी, रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष बापतको रकम तिर्न आग्रह गरेको हो । युनाइटेड टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणमार्फत २०७३ सालको भदौ २० गते टेलिफोन सेवाको लागि अनुमतिपत्र प्राप्त गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

युनाइटेड टेलिकमले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्रमा बाँकी बक्यौता बुझाउनु पर्ने प्राधिकराणले जनाएको छ । उक्त समयावधिभित्र बाँकी बक्यौता रकम नबुझाएमा दूरसञ्चार ऐन, २०५३ को दफा २८ बमोजिम अनुपतिपत्र खारेजीको प्रक्रिया अगाडि बढाइने समेत सूचनामार्फत जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्