Shikhar Insurance
National Life

मौरीघार उद्योग सञ्चालनबाट वार्षिक २५ लाख कमाउँदै पोखराका लामिछानेले

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २५, शुक्रबार १४:३९
Hyundai
NCELL
NIMB

गण्डकी । कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासका सूर्यप्रसाद लामिछाने मौरीपालनमा जोडिएको १८ वर्ष बित्यो । वि.सं २०६३ मा दस हजारको लगानीमा दुईवटा घारबाट सुरु भएको उनको मौरीपालन व्यवसाय अहिले ‘बेगनास मौरीघार उद्योग’का रुपमा विस्तार भएको हो ।

सो उद्योगबाट घारसँगै मौरी, मह र मौरीजन्य सामग्री उत्पादन तथा बिक्री हुने गरेको छ ।मौरीको स्थानीय स्रोत केन्द्रका रुपमा उद्योगलाई विकास गरेका छौं, हालसम्म एक करोड बढी लगानी भइसकेको छ ४२ वर्षीय लामिछानेले भने ‘उद्योगमा वार्षिक एक करोड बढीको कारोबार हुन्छ, झण्डै २४÷२५ लाख जति आम्दानी छ ।’ उद्योगमा छ जनाले रोजगारी पाएका छन् । लामिछानेको परिवारका सदस्य पनि सोही व्यवसायमा तल्लिन छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कतै रोजगारी नपाएपछि २४ वर्षको उमेरमा मौरीपालनमा होमिनुभएका लामिछाने अहिले आफै रोजगारदाता बन्न सफल भएको हो । यहाँ उत्पादित मौरीघार पूर्वमा सिन्धुलीदेखि देशका विभिन्न जिल्ला र सहरमा पुग्छ, धेरैजसो खपत गण्डकी प्रदेशभित्रै छ उनले भने ‘कुनै याममा त गोलासहितको मौरीघारको माग पु¥याउनै धौधौ हुन्छ, मौरीपालन व्यवसायबाट म सन्तुष्ट छु, उद्योगको कामले एकछिन फुर्सद हुँदैन ।’

मौरीसहितको आधुनिक घारको बजार मुल्य रु। दस हजार र घारको मात्र रु। चार हजार तोकिएको उहाँले जानकारी दिए । गोलासहित वर्षमा १२ सय जति घार उत्पादन र बिक्री हुँदै आएको छ, किसानहरुबाट घार लिने र त्यसको सट्टा किसानलाई मौरीको गोला पनि दिने गरिएको छ उनले भने । मह मात्रै बेचेर वर्षमा आठदेखि दस लाखसम्म जति कमाइ हुने गरेको लामिछानेले सुनाए ।

उद्योगबाट प्रतिकिलो १ हजार पाँच सयमा मह बिक्री हुने गरेको छ । स्वस्थ र स्वादिलो भएकाले महको माग बढी हुने गरेको उनको भनाइ रहेको छ । उनका अनुसार उद्योगमा अहिले तीन सय ५० घार मौरी छन् । वार्षिक १२ सय देखि १५ सय किलोसम्म मह उत्पादन हुँदै आएको छ । मौसम अनुकूल पर्दा मह उत्पादन अझ बढ्ने गरेको उनको भनाइ छ । वर्षको दुई याममा मह उत्पादन हुन्छ । उद्योगबाट मौरीपालनका लागि आवश्यक पञ्जा, झोला, टापीलगायत सामग्री पनि बेच्ने गरिएको छ ।

लामिछानेले स्थानीय सेरेना जातको मौरीपालन गर्दै आएका छन् । स्वस्थ मह उत्पादनदेखि वातावरणीय सन्तुलन कायम राख्न पनि सेरेना जातको मौरी उत्कृष्ट मानिने उनको भनाइ छ । स्याउका बिरुवामा परागशेचनका लागि मुस्ताङका स्याउ किसानले पनि सोही उद्योगबाट मौरी लगेका उनले बताए । उनले मौरीपालन गर्न चाहाने किसानलाई तालिम पनि दिने गरेका छन् । उत्कृष्ट मौरीपालक किसानका रुपमा उनले देशविदेशमा सम्मानित भएका छन् ।

वि.सं २०७३ मा राष्ट्रिय युवा परिषद्ले रु। ५० हजार नगदसहित उनको सम्मानित गरेको थियो । सम्मान ग्रहणका लागि जापान पनि पुगेँ उनले भने ‘मह सम्बन्धी सम्मेलनमा भाग लिन अमेरिकालगायत युरोपका विभिन्न देश घुम्ने अवसर पाएँ ।’ मौरीलाई शरीरमा राखेर पनि उनले बेलाबेलामा चचार्मा आउने गरेको छ । उनको उद्योगले गत वर्ष मह खाने प्रतियोगिता पनि आयोजना गरेको थियो ।

‘बेगनास मौरीघार उद्योग’ नमुना मौरी स्रोत केन्द्रका रुपमा विकास हुँदै गएको पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताए । महानगरले पनि किसानलाई उहाँकै उद्योगबाट घार उपलब्ध गराउँदै आएको छ, यहीँ स्रोत केन्द्र भएपछि अन्यत्रबाट ल्याउनुपर्ने बाध्यता हटेको छ उनले भने ।

प्रमुख कडरियाले मौरीपालनमा लाग्न चाहाने किसानका लागि लामिछाने प्रेरणाको स्रोत रहेको बताए । उनी धेरै ठाउँमा पुरस्कृत र सम्मानित भएको बताए । उनी मौरीपालन सम्बन्धी तालिमका लागि पनि पोख्त हुनुहुन्छ प्रमुख कडरियाले भने ‘मौरीपालन व्यवसाय प्रवद्र्धनका गतिविधिमा पनि उहाँको सक्रियता राम्रो छ ।’

महानगरले विभिन्न वडालाई ‘मौरी पकेट क्षेत्र’ घोषणा गरेर घारलगायत मौरीजन्य सामग्रीमा किसानलाई अनुदान सहयोग गर्दै आएको उनको भनाइ रहेको छ । आधुनिक घारमा बढी र राम्रो मह उत्पादन हुने भएकाले मौरीपालनमा किसानको आकर्षण बढ्दै गएको प्रमुख कडरियाले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्