Shikhar Insurance
National Life

सूचना प्रविधि दशकको लक्ष्य हासिल गर्न सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक छ : मन्त्री शर्मा

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २५, शुक्रबार १३:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि (आइटी) क्षेत्रको विकासका लागि नीतिगत र संरचनात्मक व्यवस्था गरिएको बताएकी छिन् । डिजिटल’ रूपान्तरणको अभियानमा क्रियाशील आइसिटी फाउण्डेशनले आयोजना गरेको ‘डिजिटल नेपाल कन्क्लेभ २०२४’ अन्तर्गतको ‘पावर संवाद’ सत्रमा उनले आइटीसम्बन्धी विधेयक तथा डिजिटल पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल हुने क्रममा रहेको बताएकी हुन् ।

आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि क्षेत्रलाई उच्च प्राथमिकता दिइ सूचना प्रविधि दशक घोषणा गरिएको जानकारी दिँदै मन्त्री शर्माले उक्त अवधिमा आइटी क्षेत्रमा ५ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गरिने जानकारी दिइन् । सूचना प्रविधि क्षेत्रसम्बन्धी नीतिगत तथा कानुनी एवं संरचनात्मक व्यवस्थाका लागि सरकार आक्रामकरुपमा अघि बढेको छ’ उनले भनिन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सूचना प्रविधि क्षेत्रको विकासका लागि कानुनी व्यवधान रहेको महसुस गरी सरकारले नीतिगत तथा कानुनी सुधार गर्न लागेको मन्त्री शर्माको भनाइ छ । मुलुकमा पहिलोपटक साइबर सुरक्षा केन्द्र स्थापना गरिएको छ, आइटी नीति पारित भइसकेको छ । सूचना प्रविधि विधेयकलाई जतिसक्दो चाँडो अघि बढाउनुपर्छ भनेर सरकार प्रयत्नरत छ उनले भनिन् ।

निजी क्षेत्रसँगको छलफलका आधारमा आगामी आवको नीति तथा कार्यक्रम र बजेटमा आइटीसँग सम्बन्धित विषय समावेश गरिएको जानकारी दिँदै मन्त्री शर्माले सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्रै सूचना प्रविधिको लक्ष्य हासिल गर्न सकिने जानकारी गरिन् । बजेटमा घोषणा गरिएको सूचना प्रविधि दशकको लक्ष्य पूरा गर्न सरकार र निजी क्षेत्र काँधमा काँध मिलाएर अघि बढ्नुपर्छ मन्त्री शर्माले भनिन् ‘आइटी दशकको प्रस्थान वर्षमा छौं । सरकार, निजी क्षेत्र र सरोकार भएका सबै एक ठाउँमा आएर सहकार्य गर्दै अघि बढ्नुपर्छ ।’

सरकारले सूचना प्रविधिलाई आर्थिक समृद्धिको प्रमुख आधार मान्दै यस क्षेत्रमा लगानी अभिवृद्धि गरेको जनाउँदै उनले आइटीको प्रयोगबाट सुशासन र समृद्धि सम्भव भएको स्पष्ट पारिन् । पछिल्लो समय दूरसञ्चार पूर्वाधार विस्तारमा महत्वपूर्ण उपलब्धि हासिल भएका जानकारी दिँदै मन्त्री शर्माले ७६ जिल्लामा नेपाल दूरसञ्चार कम्पनीले उच्च गतिको इन्टरनेट पु¥याएको बताइन् ।

मुगु बाहेकका जिल्लामा उच्च गतिको इन्टरनेटको पहुँच पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सबै स्थानीय तह, विश्वविद्यालय, विद्यालय, स्वास्थ्य चौकी तथा वडा कार्यालयमा ‘ब्रोडव्याण्ड’ इन्टरनेट सेवा पु¥याउँदै छ मन्त्री शर्माले भनिन् ‘सरकार डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमार्फत आम नागरिकको जीवनस्तर उकास्ने र आर्थिक समृद्धि हासिल गर्ने अभियानमा केन्द्रित छ ।’

वर्तमान सरकार सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको यात्रामा दृढताका साथ अघि बढेको जनाउँदै उनले सुशासनको अभियानलाई सफल बनाउन सूचना प्रविधिको विकास र प्रयोग अनिवार्य भएको बताइन् । सूचना प्रविधि क्षेत्रको विकासमा साझेदारी विकास गर्ने, समावेशी डिजिटलाइजेसनलाई प्रोत्साह गर्ने, डिजिटल पूर्वाधारको सवलीकरण गर्ने, नवप्रवर्तन र उद्यमशीलतालाई सहायता गर्ने, नीतिगत स्थिरताको प्रवर्द्धन, डिजिटल सुशासनको पक्षमा वकालत गर्ने उद्देश्यले कन्क्लेभको आयोजना गरिएको हो ।

सम्मेलनमा ‘डिजिटलाइजेसन’ र विकास, दिगो दूरसञ्चार र डिजिटल रूपान्तरणका लागि नीति, डिजिटल अर्थतन्त्र र डिजिटल नेपालमा लगानी, डिजिटलाइजेसन र विकासमा अबको बाटो, दिगो विकासका लागि डिजिटल सशक्तीकरण र समावेशीकरण विषयका बेग्लाबेग्लै सत्रमा बृहत् छलफल हुनेछ । सम्मेलनमा सूचना प्रविधिको क्षेत्रमा क्रियाशील छ सयभन्दा बढीको सहभागिता छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्