Shikhar Insurance
National Life

‘ग्रीन बैंक अफ द इयर’अवार्डद्वारा एनएमबि बैंक सम्मानित

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २५, शुक्रबार १२:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । एनएमबि बैंक ‘ग्रीन बैंक अफ द इयर २०२४’ अवार्डबाट सम्मानित भएको छ । विश्व वातावरण दिवसको अवसरमा फोहोर व्यवस्थापन र जलवायु सम्मेलन, ‘डब्लुएसीसी २०२४’ मा एनएमबि बैंकलाई यो अवार्ड प्रदान गरिएको हो ।

यो सम्मान एनएमबि बैंकको वातावरणीय दिगोपनप्रतिको प्रतिबद्धता र पर्यावरणमैत्री बैंकिङ अभ्यासहरू कार्यान्वयन गर्ने प्रयासको प्रशंसा हो । वातावरणीय विचारहरूलाई रणनीतिकरुपमा एकीकृत गर्दै, दिगो वित्त प्रवर्द्धन गर्न र परिचालन प्रभाव कम गर्दै बैंकिङ क्षेत्रमै उदाहरण बन्न सफल भएकोमा बैंक सम्मानित भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्