काठमाडौं । सुनको मूल्यमा उकालो लाग्ने क्रम लगातार जारी रहेको छ । बिहिबार १ लाख ४४ हजारमा रेकर्ड कायम राखेको सुनको मूल्यले शुक्रबार फेरी नयाँ रेकर्ड राखेको छ ।
साताको अन्तिम कारोबार दिन(शुक्रबार) छापावाला सुनको मूल्य १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा फेरी एतिहासिक मूल्य कायम राखेको हो । यो अहिलेसम्म कै उच्च मूल्य हो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ३०० रुपैयाँ रहेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ४३ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य ५० रुपैयाँले बढेर प्रतितोला १ हजार ९०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी १ हजार ८५० रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्