काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा जेठ २५ (आज) बस्दैछ । सभा दिउँसो १२ः३० बजे रोयल कुश्मा रिर्सोट, कुश्मा पर्वतमा आव्हान बस्ने भएको हो ।
सभामा सञ्चालक समितिको तर्फबाट आध्यक्षले आव २०७९/०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछन् ।
सभामा लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधीको नगद प्रवाह विवरण तथा सो सँग सम्वन्धि अनुसुचीहरु उपर छलफल गरी पारित गर्नेछ ।
सभामा आव २०८०/०८१ को संस्थाको लेखापरिक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रकि निर्धारण गर्ने ।
सभामा सञ्चालक समितिको समुहबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्नेछ ।
सभामा कम्पनी कुनै संघ संस्थासँग एक आपसमा गाभ्ने गाभिने वा प्राप्ती गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने, सम्पत तथा दायित्वको मूल्यांकन प्रतिवेदन तयार गर्न सम्वन्धित प्रचलित कानुन बमोजिम आवश्यम अन्य कार्यहरु गराउनको लागि सत्तचालक समितिको अख्तियारी प्रदान गर्नेछ ।
साथै, साधारण सभा प्रयोजनको लागि कम्पनीले जेठ १८ गते एकदिन बुक क्लोज गरी सकेकेो छ । जसअनुसार जेठ १७ गतेसम्म नेप्सेमा कारोबार भएका सेयरधनीहरुले सभामा भाग लिन पाउँनेछन् ।
प्रतिक्रिया दिनुहोस्