Shikhar Insurance
National Life

१२ जिबी र्‍यामसहित रियलमी १२ प्रो+अब नेपाली बजारमा, यस्ता छन् मूल्य र फिचर्स

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २४, बिहीबार १८:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीले नेपालमा रियलमी १२ प्रो+ ल्याएको छ । कम्पनीले १२ जिबी र्‍याम र २५६ जिबीको स्टोरेज भेरियन्ट भएको रियलमी १२ प्रो+ नेपाली बजारमा ल्याएको हो ।

रियलमी १२ प्रो+ मा ६.७ ईन्चको सुपर एमोलेड डिस्प्ले तथा फुल एचडी रिजोलुसन रहेको छ जसले प्रयोगकर्ताहरुलाई रङ्गिन तथा सार्प कन्ट्रास्ट स्क्रिनको अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । फोनसँगको हरेक अन्तरक्रियालाई रमाइलो बनाउनको लागि रियलमी १२ प्रो+ मा १२० हटर््जको रिफ्रेस रेट राखिएको छ । कम्पनीका अनुसार क्वाल्कम स्न्याप ड्रयागन ७ एस जेन २ प्रोसेसर तथा ४ एनएम अक्टा ‘सीपीयूमा चल्ने रियलमी १२ प्रो+ मा धेरै एपहरु चलाउँदा पनि एकदमै छिटो काम गर्छ । यो फोनमा १२ जिबीको र्‍यामसँग ५१२ जिबीको आन्तरिक स्टोरेज दिइएको छ जुन आवश्यकता अनुसार २४ जिबीसम्म बढाउन पनि सक्छ’ कम्पनीले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले भने, ‘६४ मेगापिक्सेलको पेरिस्कोप क्यामेरा, ओम्नि भिजन ओभि६४बी सेन्सर र ओआईएस, अत्याधिक सफा फोटोको लागि ५० मेगापिक्सेलको सोनि आईएमएक्स ८९० ओआईएस क्यामरा, ८ मेगा पिक्सेलको ११२ डिग्रीको वाइड एङ्गल क्यामरा र ३२ मेगा पिक्सेलका सोनि आईएमएक्स ६१५ सेल्फी क्यामरा जस्ता अत्याधुनिक सुविधाहरु रियलमी १२ प्रो+ मा उपलब्ध छ । यी अत्याधुनिक क्यामराहरुले प्रयोगकर्तालाई अटो जुम, सुपर नाईटस्केप, स्टारी मोड प्रो तथा फोर के भिडियो रेकर्डिङ्ग जस्ता फिचरहरु प्रदान गर्दछ ।’

६७ वाटको सुपरभोक सुपरफास्ट चार्जिङ्ग युक्त ५ हजार एमएएच्को ब्याट्रीले गर्दा रियलमी १२ प्रो+ का प्रयोगकर्ताहरुले थोरै समय चार्ज गरेरै धेरै समयसम्म फोन चलाउन सक्ने कम्पनीले जनाएको छ । यो फोनको खरिदमा ६७ वाटको सुपरभोक चार्जिङ्ग एडप्टर तथा यूएसबी टाईप–सी केबल निःशूल्क पाईन्छ । रियलमी १२ प्रो+ १२ जिबी र्‍याम र २५६ जिबीको स्टोरेज भेरियन्टमा उपलब्ध छ । सबमरिन ब्लू, एक्सप्लोरर रेड, र न्याभिगेटर बिज रङ्गमा उपलब्ध रियलमी १२ प्रो+ को मुल्य ५० हजार ९ सय ९९ रहेको छ ।

सेग्मेन्ट फस्ट पेरिस्कोप लेन्स, आकर्षक डिजाईन तथा आकर्षक मुल्यको साथमा रियलमी १२ प्रो+ ले नेपालको स्मार्टफोन बजारमा नयाँ तरङ्ग ल्याउने कम्पनीले अपेक्षा राखेको छ । फ्ल्यागशिप ओम्निफोकल मास्टरशट एल्गोरिथ्म भएको रियलमी १२ प्रो+ले उच्च स्तरको टेलिफोटोहरु लिन सक्ने र प्रयोगकर्ताहरुले राम्रोसँग प्राकृतिक बोके एफेक्टको साथ प्रोफेसनल देखिने पोर्ट्रेटहरू खिच्न सक्ने कम्पनीले जनाएको छ । रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भने,“रियलमी १२ प्रो+ नेपाली बजारमा ल्याउन पाउँदा पाउँदा हामी उत्साहित छौँ । हामीलाई आशा छ कि यसको पेरिस्कोप क्यामराले नेपाली प्रयोगकर्ताहरुलाई स्मार्टफोनमा नयाँँ अनुभव प्रदान गर्नेछ ।”

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्