काठमाडाैं । नेपाली काँग्रेसका सांसद अर्जुननर सिंह केसीले संघीय सरकार र काठमाडौं महानगरपालिकाबीच तत्काल समन्वय गर्न माग गरेका छन् ।
बिहीबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद केसीले यस्तो माग गरेका हुन् । उनले संघ प्रदेश र स्थानीय तहबिचको सम्बन्ध संघर्षमा होइन समन्वयमा र सहअस्थित्वमा आधारित भएको बताए । उनले यस सम्बन्धमा संविधानको धारा २३२ र २३५ ले स्पष्ट व्यवस्था गरेको भन्दै स्थानीय तहसँग संघ सरकारले गाईजात्रा देखाउनु राम्रो नभएको बताए ।
उनले संविधानको अनुसूचि ५,६,७,८,९ ले कार्यअधिकार स्पष्ट रुपमा तोकेको भन्दै संघीय सरकार र काठमाडौं महानगरपालिकाबीच देखिएको सडक भत्काउने बनाउने देखिएको गाईजात्राले सरकार माथि गम्भिर प्रश्न उठेको बताए । उनले सरकारले तत्काल समन्वय गर्न आग्रह गरे । उनले सरकारी पक्षले अहंकार,हुल उद्धत र झगडिया मानसिकता बोक्न नहुने बताए ।
प्रतिक्रिया दिनुहोस्