काठमाडौं । नेकपा(माओवादी केन्द्र) की सचेतक रुपा सोशी चौधरीले शान्ति प्रक्रियाका बाँकी कामलाई सहमतीबाट यथाशिघ्र टुङ्ग्याउनुपर्ने बताएकी छिन् ।
बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सचेतक सोशीले शान्ति प्रक्रियाको बाँकी काम यथाशिघ्र टुङ्ग्याउनुपर्ने बताएकी हुन् । उनले संविधान बनेको लामो समय बितिसक्दा पनि यो काम टुंगिन नसकेको भन्दै पटक–पटक संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक रोकिएको बताइन् ।
उनले सहमतीबाट छिटो टुङ्ग्याउनको लागि सरकारको ध्यानाकर्षण गराइन् । सचेतक चौधरीले विपद पूर्वतयारी व्यवस्थापनका लागि पनि सरकारको ध्यानाकर्षण गराइन् ।
प्रतिक्रिया दिनुहोस्