काठमाडौं । प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलको दीक्षान्त समारोह सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय स्तरमै कहलिएको आईबी एजुकेसन प्रणाली अन्तर्गत प्राथमिक वर्ष कार्यक्रम (पीवाइपी) मध्य वर्ष कार्यक्रम (एमवाईपी) र माध्यमिक तहको डिप्लोमा (आईबीडीपी) कार्यक्रम सञ्चालन गरेर आईबी कन्टिनम स्कुलको परिचय बनाएको नेपालकै एक मात्र शिक्षण संस्था प्रिमियर इन्टरनेसनलले आफ्नो पहिलो ब्याचलाई भव्य समारोह आयोजना गर्दै दीक्षित गरेको हो ।
आईबीडीपी र राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) बाट कक्षा १२ तहसम्मको अध्ययन पूरा गरेका ९१ विद्यार्थीलाई विद्यालयले दीक्षित गरेको प्रिमियर इन्टरनेसनल विद्यालयकी एकेडेमिक निर्देशक प्रबिना थापाले बताए । जसमा आईबीडीपी कार्यक्रमका ४१ विद्यार्थी छन् भनेँ एनइबीका ५० विद्यार्थी छन् । आईबी कन्टिनम स्कुलबाट आईबीडीपी अध्ययन पूरा गर्दै दीक्षान्त प्रमाणपत्र हासिल गर्ने नेपालको यो पहिलो ब्याच हो ।
प्रिमियर स्कुलकी निर्देशक पवित्रा लिम्बूले भने,‘पीवाईपी, एमवाईपी र डीपी पाठ्यक्रमको अध्ययन पूरा गरेका विद्यार्थीहरूले यसबीचमा आफ्नो जीवनलाई आवश्यक शिक्षा हासिल गर्नुभयो भन्ने आशा लिएकी छु । अन्तराष्ट्रिय स्तरमा अब्बल आईबी एजुकेसन सिस्टमलाई स्थानीय सामाजिक परिवेश, हाम्रो कला संस्कृति अनुरूप अध्यापन गराएर ‘ग्लोबल सिटिजन’ जन्माउन प्रिमियर सफल भएको छ ।’ निर्देशक लिम्बूले दीक्षित हुने विद्यार्थीलाई बधाई दिँदै थपे,‘कडा परिश्रम र समर्पण मार्फत आफ्नो क्षमता र उत्कृष्टता प्रदर्शन गर्न कन्टिनम स्कुलबाट आईबीडीपी अध्ययन पूरा गरेका विद्यार्थी सफल भएका छन् । यसले विद्यार्थीको जीवनमा ठूलो सकारात्मक प्रभाव पार्नेछ ।’
निर्देशक लिम्बूले विद्यार्थीको क्षमता अभिवृद्धि, गुणस्तर शिक्षामा दृढ रही प्रिमियर स्कुलले काम गर्दै आएको पनि बताए । प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलबाट विद्यार्थीले १५ वर्षमा हासिल गरेको ज्ञान र शिक्षाले उनीहरूको सुनौलो भविष्य निर्माणमा ठोस योगदान दिने निर्देशक लिम्बूले बताए । यसै गरी प्रिमियर इन्टरनेशनल स्कुलका प्रवन्ध निर्देशक वसन्त थापाले उच्च शिक्षाको लागि विद्यार्थी विदेश गए पनि स्वदेशमा फर्किएर काम गर्नुपर्ने बताए । प्रबन्ध निर्देशक थापाले भने,‘उच्च शिक्षाको क्रममा अहिलेको एक्काइसौं शताब्दीको शिक्षा र सीप सिकेर मुलुकमा त्यसको उपयोग गर्न सम्पुर्ण विद्यार्थीलाई मेरो आग्रह छ । विद्यार्थीको उज्वल भविष्यको शुभकामना दिँदै प्रिमियरबाट दीक्षित हुने विद्यार्थीहरूले उच्च शिक्षा पश्चात देशको कायापलट हुने गरि आफुले जानेको ज्ञान र सिप बाँड्न सुझाव दिन चाहान्छु ।’
यस्तै, दीक्षित हुने विद्यार्थीलाई बधाई दिँदै उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले भने,‘देश साथै समाज विकासमा तपाईंहरुको भूमिका महत्त्वपूर्ण छ, आगामि दिनमा तपाईंहरु अझ सक्रिय भएर अगाडि बढे सफलता अभ्यस प्राप्त हुन्छ ।’सन् २००८ मा ललितपुरको खुमलटारमा स्थापना भएको प्रिमियर स्कुलले स्विटजरल्यान्डबाट विस्तारित अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रणाली आईबी एजुकेसन सञ्चालनको मान्यता पाएको डेढ दशक पुगेको छ । आईबी एजुकेसनबाट कक्षा १० उत्तीर्ण आफ्नै ब्याचलाई आईबीडीपी कार्यक्रममा भित्र्याएर नेपालकै एक मात्र आईबी कन्टिनम स्कुल बन्न प्रिमियर सफल भएको थियो ।
विश्वव्यापी मान्यता प्राप्त आईबी एजुकेसन प्रणाली त्यसमा पनि आईबी कन्टिनम स्कुलबाट दीक्षित भएर निस्किएको यो ब्याच प्रति प्रिमियर इन्टरनेसनलले गौरव महशुष गरेको निर्देशक लिम्बुको भनाई छ । लिम्बु भन्छन्,‘कक्षा नर्सरीदेखि कक्षा १२ सम्मको अन्तराष्ट्रिय स्तरमै ख्यातिप्राप्त आइबी एजुकेसन स्वदेशमै प्रदान गर्ने एक मात्र कन्टिनम स्कुल भन्दा प्रिमियर गौरवको अनुभूति गर्छ ।’
आईबी शिक्षा प्रिमियरमा नै किन ?
प्रिमियर इन्टरनेसनल आईबी कन्टिनम स्कुलले अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिँदै आएको छ । विशिष्ट श्रेणीको शिक्षा प्रदान गर्ने यस स्कुलको आफ्नै सुविधा सम्पन्न भौतिक संरचनाबाट पठनपाठन सञ्चालन हुँदै आएको छ । प्रिमियर इन्टरनेशनलले अंगालेको आईबी शिक्षण विधि विश्वकै नमुना र उपयुक्त विधि हो ।
विद्यार्थीको विशेषता पहिचान गर्दै गुणस्तरीय विधि मार्फत अहिलेको समय सुहाउँदो शिक्षण प्रणालीमा अध्यापन गराउँदै आएको प्रिमियर इन्टरनेशनलमा विद्यार्थीको संख्या पनि उल्लेख्य छ । यस शैक्षिक संस्थाले विद्यार्थीको क्षमता अभिवृद्धिका लागि अतिरिक्त क्रियाकलापमा पनि विशेष जोड दिँदै आएको छ । ग्लोबल मार्केटमा फिट हुनसक्ने दक्ष विद्यार्थी उत्पादन गर्नु प्रिमियरको लक्ष्य नै हो ।
नेपालमा प्रिमियर इन्टरनेशनल स्कुलले सुरु गरेको आईबी शिक्षा विश्वभरमै लोकप्रिय कार्यक्रम हो । आईबीलाई उत्कृष्ट पाठ्यक्रम मानिनुका साथै साथै खोजमूलक शिक्षा भनेर पनि चिनिन्छ । आईबी शिक्षामा विभिन्न उमेर समूहका विद्यार्थीहरूका लागि छुट्टाछुट्टै कार्यक्रम हुन्छ ।
आईबी शिक्षा ३ देखि १९ वर्षका उमेर समूहका विद्यार्थीलाई लक्षित गरी दिइन्छ । आईबीमा ३ देखि ११ वर्षका विद्यार्थीहरूको लागि पीवाईपी, ११ देखि १६ वर्षका विद्यार्थीहरूको लागि एमवाईपी र १६ देखि १८ वर्षका विद्यार्थीका लागि डिप्लोमा कार्यक्रम (डीपी) गरी तीन मुख्य कार्यक्रम रहेका छन् ।
आईबी शिक्षाले विद्यार्थीको व्यक्तिगत क्षमता बृद्धि, अध्ययन बढाउनु साथै आशावादी बनाउने र चुनौतीहरूको सामना गर्न सक्ने बनाउँछ । यस कार्यक्रमले विद्यार्थीहरूलाई उनीहरूको ज्ञानको अभिवृद्धि गर्दै सीप विकास गर्न मद्दत गर्छ ।
प्रतिक्रिया दिनुहोस्