Shikhar Insurance
National Life

विश्वव्यापीस्तरमा परिचय कायम गर्दै नेपाल डिस्टिलरिज : आइडब्लुएससि अवार्डमा तीन मेडल हासिल

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २४, बिहीबार ११:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालको पहिलो र अग्रणी डिस्टिलरी द नेपाल डिस्टिलरीज प्रालिले स्पिरिट उत्पादनमा आफ्नो विश्वव्यापीस्तरमा परिचय कायम गर्दै ३ प्रतिष्ठित पदक(मेडल)हरू हासिल गरेको छ । ‘इन्टरनेस्नल वाइन एन्ड स्पिरिट्स कम्पिटिसन’ अवार्ड २०२४, डिस्टिलरीको तीन मुख्य उत्पादनहरूले एक सिल्भर(रजत) र दुई ब्रन्ज मेडल प्राप्त गरेको हो ।

‘आइ डब्लु एस सि’ अवार्ड, एक विश्वव्यापी वाइन तथा स्पिरिट प्रतियोगिता हो, जसले सन् १९६९ देखि विश्वभरका उत्कृष्ट स्पिरिटहरू पहिचान तथा पुरस्कृत गर्दै आएको छ । द नेपाल डिस्टिलरिजको सबैभन्दा पुरानो र लोकप्रिय उत्पादन ‘खुकरी XXX रम’ ले ८८ अंकसहित ‘ब्रन्ज मेडल’ प्राप्त गरेको जनाएको छ । मौलिक नेपाली स्वादसहितको ‘खुकरी स्पाइस्ड रम’ लाई ८९ अंकसहित ‘ब्रन्ज मेडल’ प्रदान गरिएको छ । साथै, अर्को उत्पादन ‘न्युड सुपेरियर भोड्का’ ले ९१ अंकसहित ‘सिल्भर मेडल’ हासिल गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘आइ डब्लु एस सि’ को नौ-सदस्यीय निर्णायक प्यानलमध्ये ग्लोबल रम एम्बेसेडर इयान बरेल पनि सहभागी थिए । उनी हाल नेपालमा खुकुरी रम उत्पादन-शील्प तथा अद्वितीय स्वादको पहिचान गर्दै नेपाली रम-संस्कृतिका निम्ति प्रबर्द्धनात्मक तथा प्रशिक्षणात्मक कार्यक्रम गरिहेका छन् । द नेपाल डिस्टिलरिज प्रालिका महाप्रबन्धक सुभास लामिछानेले अवार्डबारे उत्साह जनाउँदै भने,’द नेपाल डिस्टिलरीजको स्थापनाकालदेखि नै हामीले प्रिमियम स्पिरिट उत्पादनका लागि उच्चकोटीको सामग्री, उच्चस्तरको प्रक्रिया, अत्याआधुनिक प्रविधि, र उत्कृष्ट उत्पादन(शील्पको निरन्तर उपयोगमा समर्पित छौँ । यो प्रतिष्ठित अवार्डले हाम्रो यही लगाव र कुशलतालाई मान्यता दिएको छ र विश्वमाझ नेपाली स्पिरिटको गुणस्तरलाई चिनाउने माध्यम बनेको छ ।’

उनले यस मेडलले उत्साहित त बनाएको बताउँदै भने, ‘हामी हाम्रो विश्वभरका सम्मानित ग्राहकहरूमाझ यो नयाँ उपलब्धीको खुसी सहित आभार व्यक्त गर्न चाहन्छौँ जसको निरन्तर साथ र दोहोरो प्रतिक्रिया हाम्रो उत्पादनको सफलताको लागि अपरिहार्य थियो ।’सन् १९५९ मा पहिलो पटक उत्पादन भएको खुकरी ह्ह्ह् रमले आफूलाई ‘ओरिजिनल हिमालयन रम’को रूपमा स्थापित गरेको छ । द नेपाल डिस्टिलरिजले विगत ६ दशकदेखि नेपाली मदिरा उद्योगमा ‘डोमेस्टिक स्पिरिट’ खण्डको बजारको मुख्य हिस्सा ओगट्दै आएको छ । नेपाल बाहेक अन्तर्राष्ट्रिय माग र मान्यता सहित, हाल विश्वका विभिन्न देशहरूमा उत्पादनहरू वितरण गर्दछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्