काठमाडौं । बिहिबार सुनको मूल्यले फेरी नयाँ रेकर्ड कायम राखेको छ । बिहिबार सुनको मूल्य १८ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम राखेको हो ।
बिहिबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४३ हजार ३०० रुपैयाँ रहेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ४१ हजार ५०० रुपैयाँ रहेको थियो ।
त्यस्तै, चाँदीको मूल्य २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८५० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला १ हजार ८२५ रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्