काठमाडौं । शुभम पावर लिमिटेडले सञ्चालन गरेको ९९० किलोवाट क्षमताको तल्लो पिलुवा खोला साना जलविद्युत आयोजना मर्मतपछि पुनः सञ्चालनमा आएको छ ।
२०८० असार २ गते आएको बाढीले व्यापक क्षती पुर्याएपछि आयोजना पूर्ण रूपले बन्द भएको थियो ।
बाढीले बन्द भएको आयोजनाको मर्मतपछि जेठ २२ गतेदेखि पुनः पूर्ण रूपले सञ्चालनमा आएको कम्पनीले एक सूचना मार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्