Shikhar Insurance
National Life

नेपाल-भारतबीचको भुक्तानीलाई सहज बनाउन एसबिआई बैंक र फोन पेबीच सम्झौता

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २३, बुधबार १९:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल एसबिआई बैंक र FonePay(फोन पे) प्रालिबीच नेपाल र भारतबीचको सीमापार भुक्तानीलाई सहज बनाउन सम्झौता भएको छ । नेपाल भ्रमणमा आउने भारतीय ग्राहकहरूले अब (UPI)  आबद्ध एपहरू (PhonePe, BHIM UPI, Google Pay) प्रयोग गरी आफुले खरिद गरेका वस्तु तथा सेवाहरूको तत्काल भुक्तानी गर्न सक्ने सम्झौता भएको हो ।

बैंकले Person-to-Merchant (P2M) भुक्तानी च्यानल सञ्चालन गर्न FonePay प्रालिसँग सम्झौता गरेको हो । नेपाल एसबिआईको FonePay नेटवर्कसँग आबद्ध व्यापारीहरूले नगद लेनदेनको आवश्यकतालाई हटाउँदै (UPI)  भुक्तानीहरू सजिलै स्वीकार गर्न सक्ने सम्झौतामा उल्लेख छ । यस सम्झौताले नगदरहित कारोवारलाई प्रबद्धन गर्ने र ग्राहकहरूलाई समग्र बैंकिङ अनुभव बढाउने लक्ष्य राखेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त सम्झौता पत्र बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत(सीईओ) दीपक कुमार देको उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कुमार पंडा र FonePay का तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले हस्ताक्षर गरेका छन् ।

उक्त कार्यक्रममा बैंकका प्रमुख संचालन अधिकृत यादवेंद्र कांत, प्रमूख प्रविधि अधिकृत, सुनन्द मल्होत्रा, प्रमूख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल र FonePay का प्रमुख व्यवसाय अधिकृत सुमित दास लगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
हाल बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटिएमबाट आफ्नोे आन्तरिक तथा विश्वव्यापी नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्