Shikhar Insurance
National Life

चिकित्सा शिक्षामा देखिएका समस्याबारे १२ क्याम्पसका प्रतिनिधिले गरे अन्तरक्रिया

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २३, बुधबार १८:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । Society for T.U Affiliated Health Institutions (एसटीएएचआइएन) समबद्ध १२ क्याम्पसका प्रतिनिधिहरुले चिकित्सा शिक्षामा देखिएका समस्याहरु तथा समाधानका उपायहरु बारे छलफल गरेका छन् ।

क्याम्पसका प्रतिनिधिहरुले आज बुधबार चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. अन्जनी कुमार झा र सदस्य सचिव कृष्ण प्रसाद काप्रीसँग भेट गरी चिकित्सा शिक्षामा देखिएका समस्याहरुबारे छलफल गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्रिविबाट सम्वन्धन प्राप्त तथा चिकित्सा शास्त्र अध्ययनन संस्थानको प्राज्ञिक नियन्त्रणमा रही निजी तथा सहकारीको लगानीमा स्थापित १२ क्याम्पसहरुले चिकित्सा शिक्षा आयोगको बिद्यार्थी भर्ना प्रकृया लामो र झन्झटलो भएकोले यसको समयावधी घटाउनु पर्ने, प्यारामेडिकलका बिषयहरुमा क्रमिक रुपमा बिद्यार्थी संख्या घटदै गएकाे, आयोगवाट प्रकाशित क्यालेण्डरको प्रभावकारी कार्यान्वयन इत्यादी विषय छलफल भएको चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष झाले बताए ।

उनले भने,’शैक्षिक जनशक्ति लगायत मापदण्ड पुरा गरेका क्याम्पसहरुको बिद्यार्थी भर्ना कोटा बृद्धि गर्नुपर्ने, क्याम्पसहरुमा आयोग तथा चिकित्सा शास्त्र अध्ययन संस्थानले गर्न छुट्टाछुट्टै अनुगमन लाई एकद्धार प्रणालीवाट व्यवस्थित गर्नुपर्ने, १० बर्ष सम्म उपत्यकामा स्नातकतहमा मेडिकल, डेण्टल र नसिङ्ग कार्यक्रम संचालन गर्न नपाइने ऐनलाई शसोधन गर्नुपर्ने, १० बर्षपछि निजी लगानीमा संचालित संस्थाहरुलाई गैर नाफामुलक तथा सेवामुलक संस्थाको रुपमा परिवर्तित हुने ऐनको प्रावधानले निजी लगानी दुरुत्साहित हुने भएकोले सो बुदालाई परिमार्जन गर्नुपर्ने, NOC दिने हालको प्रक्रियालाई परिवर्तन गर्नुपर्ने छ ।’

उक्त कार्यकममा आयोगका उपाध्यक्ष प्रा. डा. झाले छलफलकोमा उठेका कतिपय बिषयहरु नेपाल सरकारले समाधान गर्न सक्ने खालको रहेको बताउँदै, आयोगले गर्न सक्ने बिषयहरुलाई तदारुकताका साथ समाधान गर्ने बताए । आयोग र क्याम्पसहरु बीच शैक्षिक गुणस्तर कायम गर्ने लगायतका बिषयहरुमा यस्ता भेटघाटहरु महत्वपूर्ण हुने बिचार समेत व्यक्त गरे ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्