Shikhar Insurance
National Life

ग्यास्ट्रो सेन्टर बुटवलमा सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २३, बुधबार १७:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र मैत्रीपथ, बुटवल स्थित ग्यास्ट्रो सेन्टर बुटवलबीच ग्राहकहरूलाई विशेष छुट दिने समझदारी भएको छ । बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले ग्यास्ट्रो सेन्टर बुटवलका सेवाहरुमा २० प्रतिशतसम्मको आकर्षक छुट दिने सम्झौता भएको हो ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकको हालसम्म १९० वटा शाखा, १५३ वटा एटिएमहरु रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्