Shikhar Insurance
National Life

काठमाडौं उपत्यकालाई सांस्कृतिक शहर घोषणा गरौं : प्रमुख सचेतक परियार

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २३, बुधबार १६:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले काठमाडौं उपत्यकालाई सांस्कृतिक शहरको रुपमा घोषणा गर्नुपर्ने बताएका छन् । बुधबार सरकारले प्रतिनिधि सभामा पेश गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा उनले काठमाडौं उपत्यकालाई सांस्कृतिक शहरको रुपमा विकास गर्न आवश्यक रहेको बताएका हुन् ।

मुलुक आधुनिक विकासको ढाँचामा जाने हो भने शैक्षिक शहर, सांस्कृतिक शहर, आर्थिक शहरको रुपमा पनि घोषणा गरी सरकारले काम गर्नुपर्ने प्रमुख सचेतक परियारको भनाइ थियो । उनले लामो संघर्षबाट प्राप्त राजनीतिक व्यवस्थामा सरकारले अर्थमा जोड दिएर काम गर्नुपर्ने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रमुख सचेतक परियारले सरकारले संघीयता कार्यान्वयनका क्षेत्रमा धेरै काम गर्न बाँकि रहेको बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्