Shikhar Insurance
National Life

त्रिवेणी मोटोकर्पद्वारा डोफे इलेक्ट्रिक भेहिकल्सका लागि नयाँ शो-रुम उद्घाटन

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २३, बुधबार १६:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । त्रिवेणी मोटोकर्प प्रालिले ललितपुरको बालकुमारीमा डोफे इलेक्ट्रिक भेहिकल्सको लागि शो—रुमको शुभारम्भ गरेको छ । त्रिवेणी ग्रुप अन्तर्गत त्रिवेणी मोटोकर्प, चीनको डोफे अटोमोवाईल कंम्पनीबाट आधिकारिक वितरक नियुक्त भए पश्चात् कम्पनीले इलेक्ट्रिक भेहिकलहरु आयात गरी बिक्री वितरण शुरु गरेको हो ।

डोफे अटोमोवाईल कंम्पनी लिमिटेड चाइनाको ३ ठूला गाडी निर्माता मध्येका एक रहेको र विश्वका ६० देशहरुमा विक्रि वितरण हुदै आएको छ । हाल त्रिवेणी मोटोकर्पले सो कंम्पनीका ११ सिट, १४ सिट क्षमताको डोड्डफेड्ड इलेक्ट्रिक प्यासेन्जर भ्यान र ४.५ तथा ५.३ घनमिटर क्षमताको कार्गो भ्यानहरु विक्रि वितरण सुरु गरेको छ । विजुली गाडीको प्रर्वधन मार्फत् वातावरणीय सुधारको क्षेत्रमा योगदान गरी यातायात क्षेत्रमा आवद्ध सवै पक्षको समान लाभको लागी कार्य गर्ने उद्देश्य त्रिवेणी मोटोकर्प प्रालिले लिएको कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

११ सिट क्षमताको ईभी माइक्रोमा ५० किलोवाट क्षमताको मोटर रहेको छ तथा ४२ किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एक फुल चार्जमा ३०० किमी रेञ्ज प्रदान गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार १४ सिट क्षमताको ईभी माइक्रोमा ८० किलोवाट क्षमताको मोटर रहेको छ भने ५० किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एक फुल चार्जमा ३०० किमीको रेञ्ज प्रदान गर्नेछ । डोफेका सबै इलेक्ट्रिक भ्यानहरुमा सिएटीएल व्याट्रि जडित रहेका छन् ।

कम्पनीले उक्त रेञ्जहरु ४० कि.मी. प्रती घण्टाको गतीमा गाडी चलाएमा प्राप्त गर्न सकिने जनाएको छ भने बाटोको अवस्था, तापक्रमको आधार, चालकको ईभी संचालनको अनुभव तथा ट्राफिक अवस्था का आधारमा त्रिवेणी मोटोकर्पले रेञ्ज परिक्षण गर्दा २५० किमिको रेञ्ज सजिलै पाईने जनाएको छ । त्रिवेणी मोटोकर्प प्रालिले डोफे इलेक्ट्रिक भ्यानहरु नेपाल भरि विक्री वितरण गर्नको लागि डिलर नेटवर्कहरुको व्यवस्था पनि गरिसकेको छ । सबै डिलर नेटवर्कहरुमा सर्भिस, पार्ट्स तथा चार्जरको व्यवस्था रहने कंम्पनीले जनाएको छ । कंम्पनीले ग्राहकहरुलाई चार्जि∙ सेवा प्रदान गर्ने उद्देश्यका साथ चार्जि∙ स्टेशनहरु आफ्ना डिलर नेटवर्कमा विस्तार गरिरहेको छ साथै भविष्यमा आवश्यकता अनुसार चार्जि∙ स्टेशनहरुको विस्तार गर्दै जाने क्रममा रहेको जनाएको छ ।

त्रिवेणी मोटोकर्पले विर्तामोडमा सहारा अटोमोवाईल्स प्रालि, ईटहरीमा ईष्टर्न मोटर्स, जनकपुर तथा विरगञ्जमा नारायणी अटोकर्प, पोखरामा अटोवेज, धनगढीमा प्राप्ती मोटर्स, नारायणघाटमा स्मार्ट अटो, ललितपुरमा स्मार्ट अटो प्रा.लि., भक्तपुरमा जी.इ.भी. नेपाल प्रा.लि. मार्फत आफ्ना गाडीहरुको बजारीकरण गरिने जनाएको छ । त्रिवेणी मोटोकर्पले विक्री पछिको सेवालाई मध्यनजर गर्दै काठमाडौंको बाहुनधारा मन्दिर मार्ग, जोरपाटीमा सुविधा सम्पन्न सर्भिस सेन्टरको स्थापना गरिसकेको छ साथै आवश्यक पार्टस्हरुको व्यवस्था पनि गरिसकेको कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्