Shikhar Insurance
National Life

बुधबार यी १० कम्पनीको भयो सर्वाधिक कारोबार, कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २३, बुधबार १५:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० ५.५८ अंकले घटेर २०७९.७१ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

बुधबार ३०६ कम्पनीको ८० लाख ४२ हजार ७ सय ६७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड २९ लाख ७६ हजार ४ सय ९३ रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार सबैभन्दा धेरै एनआरएन इनफ्रस्टकचर डेभलपमेन्ट बैंकको कारोबार भएको छ । कम्पनीको १९ करोड ३ लाख ७९ हजार ५ सय ७६ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ६ सय ५ रुपैयाँ पुगेको छ ।

साथै, सिईडिबी हाइड्रोपावर, सानिमा माई हाइड्रोपावर, पोखरा फाइनान्स, ग्लोबल आइएमई लघुवित्त, नेपाल फाइनान्सको आज सर्वाधिक कारोबार भएके छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्