काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से०) ५.५८ अंकले घटेर २०७९.७१ को बिन्दुमा पुगेर बजार बन्द भएको हो । बुधबार ३०६ कम्पनीको ८० लाख ४२ हजार ७ सय ६७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड २९ लाख ७६ हजार ४ सय ९३ रुपैयाँको कारोबार भएको हाे ।
बुधबार सबैभन्दा धेरै एनआरएन इनफ्रस्टकचर डेभलपमेन्ट बैंकको कारोबार भएको छ । कम्पनीको १९ करोड ३ लाख ७९ हजार ५ सय ७६ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ६ सय ५ रुपैयाँ पुगेको छ ।
बुधबार ८३ कम्पनीको सेयर मूल्य बढ्दा १५८ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । साथै, आज एक कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने अप्पर लोहरे खोलाको सेयर मूल्य ५.५१ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्