Shikhar Insurance
National Life

बजेटले कच्चा पदार्थ आयातमा थप गरेको करले उद्योग मर्कामा : संघ

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २३, बुधबार १४:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल चामल तेल दाल उद्योग संघले आवको बजेटले कच्चा पदार्थ आयातमा थप गरेको १० प्रतिशत आयकरले दाल उत्पादन गर्ने उद्योग सिधा मर्कामा परेको बताएका छन् । संघले बुधबार राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा कच्चा पदार्थ आयातमा समान १० प्रतिशत यथावत रहेको र थप कर थप्दा आयकरको भार सिधै उद्योगमा परेको बताएका हुन् ।

संघले नेपाल सरकारले ल्याएको आव २०८१/८२को बजेट स्वागत योग्य भएपनि कच्चा पदार्थ गहुँमा अग्रिम आयकर लगेको नकरात्मक पक्ष रहेको जनाएको छ। संघले भने, ‘गहुँबाट आटा, सुजि, चक्की, आटा, चोकर जस्ता खाद्य वस्तु उत्पादन गर्ने उद्योगलाई यो अग्रिम आयकरको भारले प्रत्यक्ष मार पर्ने भएको छ । औद्योगिक प्रयोजनका लागि भारतबाट आयात हुने गहुँ र व्यापारीले आयात गर्ने तयारी मैदाले स्वदेशी मैदा उ‌द्योग धारामाही हुने निश्चित छ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

संघले कृषिमा आधारित मैदा उद्योगलाई प्रत्यक्ष असर गर्ने भएकाले मैदा उद्योगको कच्चा पदार्थ गहुँमा लागेको आयकर हटाउन सरकारलाई अनुरोध गरेको छ। कार्यक्रममा बोल्दै नेपाल चामल तेल दाल उद्योग संघका उपाध्यक्ष राहुल अग्रवालले बजेटले कच्चा पदार्थमा थप गरेको आयकरले मैदा उद्योगमा भारी नोक्सानी भई उद्योग बन्द हुने अवस्था सिर्जना गरेको बताए ।

उनले भने,‘अग्रिम आयकरको रकम असुल गर्न मिल्ने अवस्था छैन । त्यसमा पनि बिक्री गर्नु भन्दा पूर्व लागतको रुपमा अग्रिम आयकरलाई जोड्न एकाउन्टिङ प्रिन्सिपलको आधारमा नमिल्ने भएकोले यहाँ लागत बढी र बिक्री रकम घट्न आउछ । यो उपयुक्त छैन । अतिरिक्त महसुलले चामल र दालको मुल्य बढ्छ र यसले मुद्रास्फिर्तिमा प्रत्यक्ष असर पर्न जान्छ ।’

उपाध्यक्ष अग्रवालले कच्चा पदार्थमा थप गरेको आयकरले अवैध आयातलाई प्रोत्साहन गर्ने र राज्यको राजश्वमा नकारात्मक असर पर्ने बताउदै बजेटका नकारात्मक पक्षहरु संसोधन गरि खारेज गर्न माग गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्