काठमाडौं । बुधबार सुनको मूल्य सामान्य घटेको छ । बुधबार छापावाला सुनको मूल्य ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँमा झरेको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ४२ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ५०० रुपैयाँ रहेको छ भने अघिल्लो दिन सुन १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य ३५ रुपैयाँले घटेर प्रतितोला १हजार ८२५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार ८६० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्