काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी निभा सैंजुको नाममा रहेको १६ हजार ८ सय ३० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं नक्साल वा बैंकको प्रधान कार्यालय टंगाल काठमाडौंमा आवेदन दिन सक्नेछन । सेयरको बिक्री मूल्य भने बिक्रैताले तोके बमोजिम हुने सूचना मार्फत् जानकारी दिएको छ ।
साथै, तोकिएके समय अवधिमा संस्थापक सयेरधनीहरुबाट आवेदन नपरेको खण्डमा बैंको कानुन बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने जानकारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्