Shikhar Insurance
National Life

चौधरी फाउन्डेसनद्वारा इलेक्ट्रीकल उपकरण मर्मत तालिम सम्पन्न

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २२, मंगलवार १८:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । चौधरी फाउन्डेसनको आयोजनामा सञ्चालित ४८ दिने एसी र रेफ्रिजेरेटर मेकानिक तालिम सम्पन्न भएको छ । मंगलबार एक समारोहबीच चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र चन्द्रगिरी नगरपालिकाका मेयर घनश्याम गिरीले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै तालिम सम्पन्न भएको घोषणा गरेका हुन् ।

यस तालिमको मुख्य उद्देश्य ग्रामीण भेगका युवाहरुलाई रोजगारमुलक सिप विकास गर्नु रहेको चौधरी फाउन्डेसनले जनाएको छ । यसैबीच, चौधरी फाउन्डेसनले तिनवटा प्रदेशमा इन्डक्सन चुल्हो मर्मत र रेखदेख सम्बन्धी ३ दिने तालिम पनि सञ्चालन गरिरहेको जानकारी दिए । यो तालिम लुम्बिनी प्रदेशमा सम्पन्न भइसकेको छ भने कर्णाली र मधेश प्रदेशमा चाँडै सुरु हुने चौधरी फाउन्डेसनले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यी सबै तालिमको मुख्य उद्देश्य लक्षित लाभग्राहीहरुलाई इलेक्ट्रोनिक्स मर्मत र रेखदेख सम्बन्धी गुणस्तरीय व्यावसायिक र प्राविधिक तालिम प्रदान गर्नु रहेको चौधरी फाउन्डेसनले जानकारी दिएको छ । कार्यक्रममा बोल्दै चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले देशभित्रै सिपयुक्त जनशक्ति विकास गर्न चौधरी फाउन्डेसन प्रतिबद्ध रहेको बताए । ‘हामी यस्ता तालिम कार्यक्रमको माध्यमबाट मानिसहरुलाई सिप विकासमा सहयोग गरिरहेका छौं, ताकि उनीहरु देशभित्रै रोजगार प्राप्त गर्न सकुन् र राम्रो आम्दानी आर्जन गर्न सकुन्’ उनले भने ।

विश्वकै प्रतिष्ठित अन्तराष्ट्रिय कम्पनि एलजी इलेक्ट्रोनिक्सको सहकार्य तथा प्रविधिक सहयोगमा यस्ता तालिम मार्फत युवाहरुमा सिपको विकासमा सहयोग गर्नु चौधरी ग्रुपको कर्तब्य समेत रहेको चौधरीले बताए । चौधरी ग्रुप नेपालका एल.जी. इलेक्ट्रोनिक्स सँग ४० वर्ष भन्दा बढीको ब्यवसायीक सम्बन्ध रहेको छ । समारोहमा बोल्दै चन्द्रगिरी नगरपालिकाका मेयर घनश्याम गिरीले चौधरी गु्रपसँग सहकार्य गर्न पाउदा उत्साहित भएको बताए । “यस्ता तालिमले मान्छेमा सीप भर्ने र देशमै केहि गरेर जीवन चलाउन युवाहरुलाई प्रोत्साहान गर्नेछ,” गिरीले बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्