Shikhar Insurance
National Life

नेपाली क्रिकेटप्रेमीहरुका लागि सिद्धार्थ हस्पिटालिटीद्धारा विशेष अफर

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २२, मंगलवार १६:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । सिद्धार्थ हस्पिटालिटीले नेपाली क्रिकेटप्रेमीहरुका लागि सिद्धार्थ हस्पिटालिटीको विशेष अफर घोषण गरेको छ । हस्पिटालिटीले नेपाल र नेदरल्यान्ड बिचको क्रिकेट खेलमा सबैभन्दा बढी रन बनाउने नेपाली खेलाडीको नाम सही अनुमान गर्ने दुई भाग्यशालीलाई एक रातको लागि नि शुल्क रुम तथा ब्रेकफास्ट प्रदान गर्ने घोषणा गरेको हो ।

पछिल्लो समय नेपालमा बढ्दै गएको क्रिकेटको क्रेज र नेपाली टोलीले विश्वकप खेल्न लागेको खुसियालीमा यो घोषणा गरिएको बिजनेस डेभलपमेन्ट डाइरेक्टरले बताए । यस विशेष अफरले नेपाली क्रिकेटप्रेमीहरुलाई खेलसँग अझ नजिक ल्याउने र खेलाडीहरुलाई पनि उत्साहित गर्ने लक्ष्य राखेको छ। यो अफरमा भाग लिन चाहनेहरुले खेल सुरु हुनु अगाडि आफ्नो अनुमान सिद्धार्थ हस्पिटालिटीको फेसबुक पेज तथा अन्य सोशल मिडिया पेज मार्फत पठाउन सक्नेछन्। सही अनुमान गर्ने दुई जना भाग्यशालीलाई सिद्धार्थ हस्पिटालिटीको आउटलेटमा एक रातको लागि निस्शुल्क रुम तथा ब्रेकफास्टको सुविधा प्रदान गरिनेछ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सिद्धार्थ हस्पिटालिटिले आफ्ना सबै शाखाहरुमा नेपाल सहभागी हुने सबै खेलहरुमा यस्तै प्रकारको अफर राखेको र अन्य देशहरुको खेलमा समेत विभिन्न उपहारहरुको घोषणा गरेको छ। यस अभियानको मुख्य उद्देश्य नयाँ खेलाडीहरुलाई प्रोत्साहन प्रदान गर्नुका साथै खेलप्रेमीहरुलाई मनोरञ्जन प्रदान गर्नु रहेको छ।

सिद्धार्थ हस्पिटालिटिले यसअघि पनि विभिन्न खेलकुद गतिविधिहरुलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रमहरु गर्दै आएको छ र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु गर्दै जाने योजना रहेको जानकारी दिएको छ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्