काठमाडौं । उद्योग वाणिज्य महासँगका अध्यक्ष चन्द्र ढकालले नीतिगत स्थायित्व नभएकाले उद्योग व्यवसायीहरु मारमा परेको बताएका छन् । उनले मंगलबार (आज) आयोजित ‘उद्योग व्यवसाय मैत्री वातावरण निर्माण’ कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
अध्यक्ष ढकालले नीतिगत स्थायित्व नहुदा उद्योग क्षेत्रमा राम्रो सन्देश नगएको बताउँदै, यस्ता कार्यले नेपालको लगानी क्षेत्रमा लगानी गर्ने लगानीकर्ताहरुको मनोबल कमजोर हुँदै गएको बताएका छन् ।
भन्सार जाँच पास भई आएका सामनहरू फेरि जाँच गर्ने बताउँदै अध्यक्ष ढकालले भने, ‘निजि क्षेत्र र सार्वजनिक क्षेत्र एक सिक्काको दुई पाटा जस्तै हुन् । हामी एक ठाउँमा आएका छौँ । मन्दीमा रहेको मुलुकको अर्थतन्त्रलाई माथि उकास्न निजी क्षेत्रले महत्वपूर्ण योगदान गरेको छ ।’
कार्यक्रममा बोल्दै उनले फलामे छडको अन्तः शुल्कमा आएको परिवर्तनले व्यवसायीहरु अन्योलमा परेको बताए ।
प्रतिक्रिया दिनुहोस्