काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.२२ अंकले बढेर २०८५.३० को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
मंगलबार ३१५ कम्पनीको ८३ लाख ५ हजार ७ सय ८६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८ लाख ४७ लाख १५ हजार ८ सय ७७ रुपैयाँको कारोबार भएको छ ।
मंगलबार सबैभन्दा धेरै सिईडीबि हाइड्रोपावरको कारोबार भएको छ । कम्पनीको २० करोड ९२ लाख ४२ हजार ७४ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ९ सय १९ रुपैयाँ पुगेको छ ।
मंगलबार १२५ कम्पनीको सेयर मूल्य बढ्दा ११४ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
साथै, आज ग्लोबल आइएमई लघुवित्तको सेयरमा सकरात्मक सर्किट लागेको छ भने बुद्ध धुमी हाइड्रोपमवर कम्पनीको सेयर ५.५१ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्