Shikhar Insurance
National Life

सुपर कृषकले नेपाली खेलाडीले गरेको प्रत्येक ५ रन बापत एक कफी बिरुवा वितरण गर्ने

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २२, मंगलवार १२:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । सुपर कृषक एपले नेपाली क्रिकेट र कृषकहरुलाई एकैसाथ जोड्ने उद्देश्यका साथ ‘पाँच रन बापत एक कफी बिरुवा’ अभियानको घोषणा गरेको छ ।

यस अभियान अन्तर्गत,अमेरिका र वेस्ट इन्डिजमा हाल भईरहेको आईसीसी टि-२० वर्ल्डकप (ICC T-20 Men’s World Cup)मा नेपाली क्रिकेट खेलाडीले पिचमा हानेको ५ रन बराबर सुपर कृषकले नेपाली किसानलाई एक कफी बिरुवा प्रदान गरिने अभियानको घोषणा गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस अभियानले देशका गहना राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीले गरेको रनले कुनै भूगोलका नेपाली सिमान्तकृत किसानको जीवनस्तर उकास्न टेवा पुग्ने सुपर कृषकले जनाएको छ । यसरी भिन्न-भिन्न क्षेत्रबाट देशलाई योगदान दिइरहेको क्रिकेट र कफी (कृषि) लाई जोड्ने संकल्पका साथ अभियान संचालन गरिने सुपर कृषकले जानकारी दिएको छ।

सुपर कृषकका अनुसार अभियानको मुख्य उद्देश्य सीमान्तकृत किसानहरुलाई व्यवसायिक कफी खेतीमा संलग्न गराउने हो । क्रिकेट खेलाडीहरुले पिचमा गरेका रनहरुले किसानहरुको जीवनमा प्रत्यक्ष प्रभाव पार्नेछ । यसले दिगो रुपमा कृषकहरुको आम्दानी वृद्धि गर्दै, उनीहरुको आर्थिक स्थिति सुधार्न मद्दत पुग्ने सुपर कृषकले अनुमान गरेको छ ।

सुपर कृषक एप नेपाली कृषकहरुको दैनिकी सहज बनाउन साथै विविध कृषि सूचनाको पहुँचमा किसानलाई जोड्ने डिजिटल प्लेटफर्म हो । यो अभियानको उद्देश्य नेपाली क्रिकेटप्रति समर्थन जनाउनु, देशमा कफी खेतीलाई प्रोत्साहन गर्नु, र दिगो कृषि विकासको बारेमा जनचेतना फैलाउनु रहेको आयोजकले बताए ।

उक्त टि-२० क्रिकेट विश्वकप सम्पन्न भएपछि नेपालमा कफीको सम्भावना बोकेको र भौगोलिक र मौसमको हिसाबले उचित स्थान छनोट गरी किसानहरुलाई कफीका बिरुवा वितरण गरिने कुरा यस अभियानका आयोजक सुपर कृषकले बताए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्