Shikhar Insurance
National Life

नेप्सको प्राप्ति पश्चात जेठ २१ गतेदेखि एनसीएचएलको एकीकृत कारोबार सुरु

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २२, मंगलवार ११:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड (नेप्स) लाई प्राप्त गरी एकिकृत कारोबार शुरुवातको घोषणा गरेको छ । क्लियरिङ्ग हाउसले जेठ २१ गते एक औपचारिक कार्यक्रम आयोजना गरी एकीकृत कारोबारको सुरु भएको घोषणा गरेको हो ।

वैशाख १३ गते दुबै संस्थाहरुले आ–आफ्नो विशेष साधारण सभाबाट स्वीकृती प्राप्त गरी आवश्यक सम्पूर्ण कानुनी र प्रकृयागत कार्य सम्पन्न गरी नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट समेत आवश्यक अन्तिम स्वीकृती पश्चात उक्त प्राप्ती सम्बन्धीको कार्य सम्पन्न गरिएको हो । भुक्तानी तथा फछ्र्यौट विनियममा रहेको प्रावधान अनुसार डीडीए अडिटरले मूल्यांकन लगायत विभिन्न पक्षको समिक्षा सहितको प्रकृया पूरा गरी १ः०.२८ स्वाप अनुपातमा एनसीएचएलले नेप्सलाई प्राप्त गरेको कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्राप्ती पश्चात नेप्सले कार्डको पूर्वाधार अन्तर्गत दिने गरेको कार्ड issuing, acquiring, personalization तथा यस सम्बन्धी सम्पूर्ण सेवाहरुलाई EFT Card Services को रुपमा निरन्तरता दिइने र सो पूर्वाधारलाई थप सुदृढ गरी NEPALPAY Card को डोमेस्टिक स्किमको सेवा प्रदान गर्ने गरी व्यवस्था मिलाईने कम्पनीले जनाएको छ ।

प्राप्ति पछि एकीकृत चुक्ता पुँजी १ अर्ब ७ करोड तथा कुल कोष १ अर्ब ४४ करोड कायम भएको छ । यसले पूर्वाधार विस्तार गर्न, जोखिमहरु न्यूनिकरण गर्न तथा सुरक्षा नियन्त्रणका प्रणालीहरुलाई सुदृढ गर्न, नविनतम अनुसन्धनका कार्यहरुमा लगानी गर्न तथा सेवाको गुणस्तर वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, २०८० चैत्र मसान्तसम्म दुवै कम्पनीको संयुक्त कारोबार रकम ११३ खर्ब भन्दा बढि रहेको छ भने संयुक्त कारोबार संख्या १३ करोड भन्दा बढि रहेको छ । १३२ भन्दा बढि कर्मचारीहरुको अनुभव तथा दक्षताले एनसीएचएललाई नेपाल तथा अन्तर्राष्ट्रिय भुक्तानीको क्षेत्रमा आफ्नो उपस्थीतिलाई थप सशक्त बनाउँन मद्दत पुग्ने कम्पनीले जनाएको छ ।

नेप्स प्राप्ति पश्चात एनसीएचएलको EFT Card Services अन्तर्गत ११ बैंक तथा वित्तीय संस्थाहरुको १,६०० भन्दा धेरै एटीएम, ९,००० बढि एइक् मार्फत सेवा र इकमर्स कारोबारको सेवाहरु उपलब्ध भएका छन् जसमा कन्ट्याकलेस ट्रान्जेक्शन, कार्डलेस विथड्रल, कार्ड पर्सोनलाइजेशन, 3DS Secure ACS लगायतका सेवाहरु उपलब्ध छन् । उक्त एकीकृत कारोबार घोषणाको कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारि प्रमुख अतिथिका रुपमा आएका थिए भने नेपाल राष्ट्र बैंकका उच्च पदस्तहरु, सरकारी निकायका पदस्तहरु, बैंक वित्तीय संस्थाहरु, भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायक संस्थाहरु लगायतका प्रतिनिधिज्यूहरु तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्