काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य १ हजार ७०० रुपैयाँले बढेर छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनकाे मूल्य प्रतितोला १ लाख ४२ हजार रुपैयाँ रहेको छ । अघिल्लो दिन सुन १ लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । चाँदीको मूल्य २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८६० रुपैयाँ कायम रहेको छ । चाँदी अघिल्लो दिन १ हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्