Shikhar Insurance
National Life

भारतीय चुनावः मोदी गठबन्धन बहुमत नजिक, काँग्रेस शसक्त प्रतिपक्ष बन्दै

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २२, मंगलवार १०:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । भारतमा सम्पन्न लोकसभा निर्वाचनको प्रारम्भिक मत परिणामले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको एनडीए गठबन्धन बहुमत नजिक पुगेको छ । ४०० पारको नारासहित निर्वाचनमा होमिएको मोदी नेतृत्वको सत्ताधारी गठबन्धनले ३ सय भन्दा केहि बढी सिट हासिल गर्ने अवस्था देखिएको छ । उता, राहुल गान्धी नेतृत्वको इण्डिया गठबन्धनले शसक्त प्रतिपक्ष बन्न पुग्ने गरि आफ्नो अवस्था मजबुट बनाएको छ ।
अहिलेसम्म सत्तारुढ गठबन्धनले ३०६ सिटमा अग्रता कायम गरिरहेको छ भने इण्डिया गठबन्धनले करिब २ सय सिटमा अग्रता कायम राखेको छ ।
४०० सिट जितेर संबिधान संसोधन गर्ने मोदी नेतृत्वको एनडीए गठबन्धनको सपना भने अब पुरा नहुने भएको छ । भारतमा ५४३ सदस्यीय लोकसभा छ र बहुमतका लागि २७२ सांसद संख्या आवश्यक पर्छ ।
भारतीय निर्वाचनले नेपालको राजनीतिमा पनि ठूलै परिवर्तन ल्याउने अनुमान गरिँदैछ । मोदी नेतृत्वको भाजपाले निर्वाचन जितेमा नेपाललाई हिन्दु राज्य बनाउन दबाव पर्ने बताइन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्