काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ वैशाख मसान्तसम्मको बीमा दाबी भुक्तानी लिन बीमितलाई आग्रह गरेको छ ।
कम्पनीमा बीमितहरूले दिएको बीमा दाबीको निवेदनमा कागजात अपुग रहेको र बीमित सम्पर्कमा नआएपछि बीमितलाई आवश्यक कागजात सहित २१ दिनभित्र कम्पनी वा सम्बन्धित सर्भेयरको सम्पर्कमा आउन कम्पनीले एक सूचना मार्फत आग्रह गरेको हो ।
तोकिएको समयभित्र सम्पर्क गरी दाबी भुक्तानीको प्रक्रिया अघि नबढाएमा बीमा दाबीको फाईल बन्द गरिने कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्