काठमाडौं । सिटिजन्स बैंक इन्टरनेश्नलका डेपुटी सिइओ पारस काफ्लेको श्रीलंकमा निधन भएको छ । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्सको कार्यक्रममा सहभागी हुन श्रीलंका पुगेका काफ्लेको हृदयघातका कारण निधन भएको हो ।
५० वर्षिय काफ्लेलाई छाति दुख्ने समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना भएको काफ्लेको स्वास्थ्य उपचार पछि केहि सुरधार समेत भएको थियो । यो बिचमा काफ्लेले घरमा परिवारसँग कुरा समेत गरेका थिए । तर स्वास्थ्यमा थप समस्या देखिएपछि पुन अस्पताल लगिएको थियो ।
दोस्रो पटक अस्पताल लैजादा स्वास्थ्य अवस्था थप बिग्रिएपछि फाफ्लेको निधन भएको बैंकका कार्यकारी अधिकृत (सिइओ) गणेशराज पोखरेलले जानकारी दिए । काफ्लेको पार्थिव शशिर नेपाल ल्याउने तयारी भैरहेको छ ।
काफ्ले बैंकिङ्ग क्षेत्रमा २० बर्षदेखी सक्रिय छन् । उनले व्यापार लगानी, कर्जा प्रवाह तथा सञ्चालन, शाखा व्यवस्थापन, बैंक सञ्चालन र कर्पोरेट/साना तथा मझौला उद्यम स्थापना, सञ्चालन जोखिम व्यवस्थापन आदि क्षेत्रमा सफलतापुर्वक भुमिका निर्वाह गरेका थिए । बैंकले एक होनहार बैंकर गुमाएकोमा दुख व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्