Shikhar Insurance
National Life

प्रभु बैंक र यूएसएआइडीबीच सम्झौता, रोजगार सिर्जना गर्न परियोजना निर्माण गर्ने

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २१, सोमबार १७:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु बैंक लिमिटेड र यूएसएआइडी (USAID Trade & Competitiveness) बीच सम्झौता भएको छ । सम्झौता स्वदेशमै रोजगारीको सिर्जना गर्न कृषि तथा पर्यटन व्यवसाय गर्ने व्यवसायीहरुको विकासमा सहयोग पुग्ने गरी बागमती प्रदेशमा सञ्चालन गरिने ‘Empowering Agro & Tourism Industry for Sustainable Growth for Future Nepal” नामक परियोजनाका लागि भएको हो ।

उक्त सम्झौता पत्रमा (USAID Trade & Competitiveness) का तर्फबाट प्रतिनिधि मार्कस् मुलरले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) अशोक शेरचनले हस्ताक्षर गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सम्झौता अनुसार नेपालको अर्थतन्त्रलाई दिगो रुपमा लघु, साना र मध्यम आकारका उद्यमको लागि वित्तीय उत्पादन र सेवाहरुमा उपलब्धता र पहुँच बढाउन, आर्थिक वृद्धिले पछाडि परेकाहरुका लागि दिगो रोजगारी वृद्धि र आय सृजनाका अवसरहरुलाई प्रोत्साहन गर्न विशेष गरी कृषि र पर्यटन क्षेत्रहरुमा काम गर्ने साझा लक्ष्य रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्