Shikhar Insurance
National Life

सिटिजन्स बैंकद्वारा महादेवा गाउँपालिकाका ४६ घर धुरी अग्नि पीडितलाई राहत वितरण

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २१, सोमबार १७:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत अग्नि पिडितहरुलाई राहत वितरण गरेको छ । बैंकले सप्तरी राजविराजस्थित महादेवा गाउँपालिकाको चिमटी टोलका ४६ घर धुरीलाई खाद्यान्न सामाग्री लगायत लत्ता कपडाहरू वितरण गरेको हो ।

गत वैशाख १८ गते भएको आगलागी बाट ती परिवारका घर तथा चौपायाहरु जलेर नष्ट भएका थिए । घर जलेर घरबारविहीन भएका परिवारहरुलाई सानै भएता पनि सहयोग गर्न पाँउदा पिडितहरुको दिनचर्यामा केही दिनको लागी भए पनि सहजता आउने विश्वास बैंकले लिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पीडितहरुलाई राहत वितरण कार्यक्रममा बैंकका मधेस प्रदेश प्रमुख, क्लस्टर प्रमुख, राजविराज शाखाका शाखा प्रमुख लगायत अन्य कर्मचारीहरु तथा टोलका समाजसेवी बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो । वितरण गरिएको खाद्यान्न सामग्रीमा चामल, दाल, आलु, प्याज, तेल, सोयाबिन र अन्य लत्ता कपडाहरूमा पाल, सारी तथा गम्छा रहेको छ ।

बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको र आगामी दिनमा पनि गर्ने योजना रहेको जानकारी गराएको छ । बैंकको हालसम्म १९० वटा शाखा, १५३ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्