Shikhar Insurance
National Life

अर्थ मन्त्रालयले नै भन्यो-‘कालोबजारी गर’, कर सिद्धान्त विपरित भन्सारमा १० प्रतिशत अग्रिम आयकर

प्रकाश वाग्ले
२०८१ जेष्ठ २१, सोमबार १६:११
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले कर सिद्धान्त विपरित भन्सारमा अग्रिम आयकर असुल गर्ने घोषणा गरेका छन् । मन्त्री पुनले संसदको दुबै सदनमा पेश गरेको आर्थिक विधेयकमा १० प्रतिशतसम्म अग्रिम आयकर लिने कर नीति लिएका हुन् ।

कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा ३ मा २० प्रतिशत भन्दा बढी नाफा लिन नपाइने उल्लेख छ । तर अर्थ मन्त्रालयले ल्याएको कर कानुनबाट सिधैं ४० प्रतिशतसम्म मुनाफा लिन पाइने व्यवस्था गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आर्थिक विधेयकमा भन्सार दरबन्दीको भाग, १,२,३,६,७ र ८ मा पर्ने वस्तु आयातमा  १० प्रतिशत अग्रिम आयकर असुल गर्ने उल्लेख छ ।  उदाहरणका लागि कुनै सामान १ सय रुपैयाँमा आयात भएको छ भने आयातकर्ताले १० प्रतिशतको दरले हुन आउने १० रुपैयाँ कर तिर्नुपर्छ । सरकारलाई १० रुपैयाँ कर तिर्नका लागि व्यावसायीले ४० रुपैयाँ नाफा गर्नुपर्छ ।

किनभने आयकर ऐन २०५८ अनुसार कर्पोरेट संस्थाले कुल नाफाको २५ प्रतिशत कर तिर्नुपर्छ । यदी व्यावसायीले सय रुपैयाँमा ल्याएको सामान कानुन बमोजिम २० रुपैयाँ नाफा गर्दा उसले ५ रुपैंया मात्रै कर तिर्दा पुग्छ । तर सरकारले भने भन्सार बिन्दुमा नै १० प्रतिशतको दरले अग्रिम आयकर लिएने भएकाे छ ।

व्यावसायीले अग्रिम करको १० रुपैयाँ आयकरबाट चुक्ता नभए सोही वर्ष खर्च लेख्न भनेको छ । यसअघि यदी कुनै एक आर्थिक वर्षमा अग्रिम आयकर बढी तिरेमा सो हिसाब अर्को आर्थिक वर्षको कारोबारबाट मिलान गर्न पाइने थियो । तर अब यस्तो हिसाब सिधैं खर्च लेखेर राख्नु पर्छ जुन व्यावसायीलाई गम्भिर नोक्सान हो ।

भन्सारमा अग्रिम आयकर कर सिद्धान्त विपरित भएको एक वरिष्ठ चार्टर्ड एकाउन्टेन (सिए)ले बताए । ती सीएले भने, ‘अग्रिम आयकर नै कुल मूल्यमा १० प्रतिशत लगाउनु कर सिद्धान्त विपरित हो, याे कालाबजारी ऐनसँग समेत बाझिएको छ, तत्काल सच्याउनु पर्छ।’

आगामी आर्थिक वर्ष २०८१/०८२ मा अर्थमन्त्रालयले कर दर चलाउँदा गम्भीर भुलहरु गरेको छ । राजस्वको दरहरु चलाउँदा तथा लेख्दा धेरै गल्तिहरु भेटिएका छन् । आर्थिक विधेयक २०८१ ले जीप कार भ्यानलाई मूल्य अभिवृद्धि कर (भ्याट) छुट दिएको छ । गल्ति नसच्चिएसम्म गाडीको भन्सार जाँचपास नै रोकिएको छ ।

यस्तै, आर्थिक ऐनको बुँदा नम्बर २३ ले आगामी २०८१ फागुन मशान्तसम्म करको विवरण नबुझाउदा पनि हुने भएको छ ।  सबैभन्दा ठूलो गल्ति आन्तरिक राजस्व विभागले गरेको छ । विभागका महानिर्देशक शिवलाल तिवारीले विभागको टीमलाई विश्वास नगर्दा गल्ति बढेको हो । १४ गते राती करको दर निर्धारण गर्ने बैठकमा विभागबाट न्युन कर्मचारीहरुलाई मात्रै उनले समावेश गराउँदा दुर्घटना भएको विभागका एक कर्मचारीले सिंहदरबारलाइ  बताए ।

यस्तो छ अग्रिम कर लिने कानुन  

अग्रीम आयकरमा भएको परिवर्तन:-

व्यापारिक प्रयोजनको लागि भन्सार महसुल सम्बन्धी प्रचलित कानून बमोजिम पैठारी हुने देहायको वस्तुमा देहाय बमोजिम भन्सार बिन्दुमा अग्रिम आयकर असुल गरिनेछ:-

(क) भन्सार दरबन्दीको भाग १ मा पर्ने जीवित जन्तु, भाग २ मा पर्ने मासु र खान हुने कमसल मासु (अफल), भाग ३ मा पर्ने जीवित, ताजा तथा सबै प्रकारका माछाजन्य उत्पादन, भाग ६ मा पर्ने फुलहरु तथा अन्य उत्पादन, भाग ७ मा पर्ने खान हुने वनस्पति र केही जरा र गानाहरु, भाग ८ मा पर्ने खान हुने फल तथा काष्ठफल र अन्य उत्पादनमा भन्सार प्रयोजनको लागि कायम मूल्यमा दश प्रतिशत ।

(ख) भन्सार दरबन्दीको भाग ४ मा पर्ने दूधजन्य पदार्थ, अण्डा, मह लगायतका अन्य उत्पादन, भाग १० मा पर्ने बाहेकका सबै प्रकारका खाद्यान्न भाग ११ को मैदा, आँटा तथा पिठो लगायतका अन्य उत्पादन, भाग १२ को जडिबुटी, उखु र भाग १४ को वनस्पतिजन्य उत्पादनमा भन्सार प्रयोजनको लागि कायम मूल्यमा दुई दशमलव पाँच प्रतिशत ।

तर मूल्य अभिवृद्धि कर लाग्ने वस्तु पैठारीमा एक दशमलव पाँच प्रतिशत मात्र अग्रिम आयकर असुल गरिनेछ । “

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्