Shikhar Insurance
National Life

डिजिटल बैंकिङ्गमा उत्कृष्ट हुँदै एनआईसी एशिया, प्राप्त गर्‍यो ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स’

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २१, सोमबार १३:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसी एशिया बैंकले ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’ (Infosys Finacle Innovation Awards 2024) प्राप्त गर्न सफल भएको छ । बैंकले डिजिटल बैंकिङ्ग सेवामा उत्कृष्ट प्रोडक्ट ल्याएको भन्दै ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स प्राप्त गर्न सफल भएको हो ।

अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदायक  Infosys Finacle ले हरेक वर्ष आयोजना गर्ने ‘इनोभेसन अवार्ड्स’ अन्तर्गत सन् २०२४ का लागि (Innovation Awards 2024) अन्तर्गत ‘च्यानल इनोभेसन प्लाटिनम’ (Channel Innovation Platinum)  अवार्डबाट बैंक सम्मानित भएको हो । नेपालको डिजिटल बैंकिङ्ग सेवामा इनोभेटिभ र उत्कृष्ट प्रोडक्ट आईसर्भ (iServe) ल्याएर अन्तर्राष्ट्रिय स्तरको अनलाइन बैंकिङ्ग सेवा प्रदान गरे वापत यस बैंकले १० विधामा २०० आवेदनहरुका बीच प्रतिस्पर्धा गर्दै इनोभेसन विधामा उक्त अवार्ड प्राप्त गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आईसर्भ यस बैंकले ल्याएको नेपालको उत्कृष्ट डिजिटल प्लेटफर्म हो, जसले भौतिक रुपमा बैंकको शाखा कार्यालय नपुगी आफ्नै घर वा कार्यालयबाट डिजिटल बैंकिङ्ग सेवा उपभोग गर्ने सुविधा उपलब्ध गराएको छ । जहाँबाट ग्राहक सेवा, भुक्तानी, कार्ड सेवा, डकुमेन्ट भेरिफिकेसन, मोबाइल बैंकिङ्ग सेवा, टेलर सेवा, अनलाइन सेवाहरु, मर्चेन्ट सेवाहरु तथा ट्रेड सेवाहरु जस्ता मुख्य डोमेनबाट अधिकांश डिजिटल बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको छ ।

एनआईसी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७१ एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्