Shikhar Insurance
National Life

अर्थमन्त्रीले बजेट कार्यान्वयनको पक्षलाई बलियो बनाउनुपर्छ : सांसद चौधरी

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २१, सोमबार १३:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोक कुमार चौधरीले बजेट कार्यान्वयनको पक्षलाई बलियो बनाउन अर्थमन्त्री वर्षमान पुनलाई सुझाव दिएक छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् ।
सांसद चौधरीले आर्थिक अनुशासनमा रहेर सरकारले आगमी आर्थिक वर्षको बजेट परिचालन गर्न विशेष ध्यान दिनुपर्ने बताए । उनले कृषिमा अग्रिम करण लगाउने खालको प्रावधान पनि बजेटमा आएको उल्लेख गर्दै त्यसलाई तत्काल हटाउन पनि अर्थमन्त्री पुनको ध्यानाकर्षण गराए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सांसद चौधरीले बजेटमा कृषिमा लगानी दशक घोषणा गरिएको उल्लेख गर्दै त्यसका लागि ठोस कार्ययोजना बनाउन पनि सरकारलाई सचेत गरे । उनले बजेटमा सिंचाईको क्षेत्रलाई प्राथमिकता दिएको भन्दै सरकारप्रति आभार पनि व्यक्त गरे ।

सांसद चौधरीले कृषि क्षेत्रको उत्पादन बढाउन सरकारले त्यसको व्यवसायिकीकरण र आधुनिकीकरणमा जोड दिनुपर्ने आवश्यकता पनि औंल्याए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्