Shikhar Insurance
National Life

प्रभु बैंकका ग्राहकलाई हिमाल हस्पिटलको सेवामा विशेष छुट

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २१, सोमबार ११:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु बैंक लिमिटेड र ज्ञानेश्वरस्थित हिमाल हस्पिटलबीच सम्झौता भएको छ । हिमाल हस्पिटलका तर्फबाट व्यवस्थापकीय निर्देशक नविन ताम्ली र प्रभु बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता समारोहमा बैंकका बजार व्यवस्थापकका तर्फबाट म्यानेजर दिना चित्रकार र सबिन राणा तथा हस्पिटलका मूख्य प्रशासन अधिकृत राजेन्द्र केसीको समेत उपस्थिति रहेको थियो । सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले हिमाल हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरुमा १० देखी २०∞ तथा शल्यक्रिया शुल्कमा १०∞ सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक हिमाल हस्पिटलमा पेश गर्नुपर्ने छ ।

हिमाल हस्पिटल नेपालको निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक मध्यको दोस्रो निजी अस्पताल हो । हस्पिटलले केही दशकदेखि निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ । त्यसैगरी, प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्