काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूल्य १ हजार रुपैयाँले घटेको छ । अघिल्लो दिन(आइतबार) २०० रुपैयाँ घटेको सुनको मूल्य आज सोमबार १ हजार रुपैयाँले घटेको हो ।
आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन मूल्य १ लाख ४२ हजार रुपैयाँमा किनबेच भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजावी सुनको भाउ १ लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य १ लाख ४१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, सोमबार चाँदी प्रतितोला १ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य १ हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी ४० रुपैयाँले घटेको हो ।
प्रतिक्रिया दिनुहोस्