Shikhar Insurance
National Life

समता घरेलु लघुवित्तको बोनस सेयर सेयरधनीको खातामा जम्मा

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २१, सोमबार ०९:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेले पारित गरेको बोनस सेयर सेयरधनीको खातामा जम्मा गरेको छ । कम्पनीले गत चैत्र २९ गतेको दशौं वार्षिक साधराण सभाले पारित गरेको ५.४२२२ प्रतिशत बोनस सेयर सेयरधनीको खातामा जम्मा गरेको हो ।

कम्पनीले चैत्र १८ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीको सम्बन्धित डिम्याट खातामा बोनस सेयर जम्मा गराएको छ । हालसम्म पनि सेयर अभौतिकीकरण नगरेका सेयरधनीहरुले सेयर अभौतिकीकरण गराउन कम्पनीले आग्रह गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, चैत्र १८ गतेसम्म सेयर धितो राखि कर्जा लिएका सेयरधनीको हकमा बोनस सेयर कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको नाममा रोक्का भई सेयरधनीको डिम्याट खातामा जम्मा हुनेछ । कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न आग्रह गरेको छ ।

कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङ्गमा सूचीकृत भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था समेत भइसकेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्